लकडाउनको मोडालिटी परिर्वतन: पसल खुल्ने, सवारीमा जोर विजोर !

२८ जेठ, काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।  यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।कोरोना भाइरस (कोभिड १९) को दोस्रो केेस भेटिएपछि सरकारले चैत ११ बाट लकडाउन गरेको थियो । पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दो छ । तर साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खुल्न थालेका छन् ।

लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । तर त्यसअनुसार पनि निर्णय नभएको एक मन्त्रीले भने । उनले भने, ‘अहिले धेरै कुरा भन्न गाह्रो छ, भोलि विस्तृतमा सार्वजनिक गर्छौं ।’