राम बहादुर बिश्वकर्मा
प्युठान,माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि देशभर एकैसाथ सुरु हुँदैछ।हरेक वर्षझैं यस वर्ष पनि प्युठान जिल्लाबाट उल्लेखनीय संख्यामा विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। जिल्लाभरका १६ वटा परीक्षा केन्द्रमार्फत कुल ४ हजार ३ सय ८५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख दुर्गा बहादुर खड्काका अनुसार नियमिततर्फ ३ हजार ५९, ग्रेड वृद्धितर्फ १ हजार ३ सय २६ र खुलातर्फ ७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।खुला समूहका परीक्षार्थीहरूको परीक्षा केन्द्र पब्लिक इङ्लिस बोर्डिङ, चितिखोला तोकिएको छ।
खुला तर्फका परीक्षार्थीहरूको परीक्षा केन्द्र पब्लिक इङ्लिस बोर्डिङ, चितिखोला तोकिएको छ। साथै,५ जना अपाङ्गता भएका विद्यार्थी पनि परीक्षामा सहभागी हुनेछन्,जसमा ३ जनाले सहयोगीमार्फत परीक्षा दिनेछन् भने २ जनालाई अतिरिक्त समयको व्यवस्था गरिनेछ।
परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सबै परीक्षा केन्द्रहरूमा कडा सुरक्षा प्रबन्ध मिलाइएको छ। अनुगमनलाई प्रभावकारी बनाउन विभिन्न निकायहरू सक्रिय रूपमा परिचालित भएका छन्।केन्द्राध्यक्ष,निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइएको छ।यसपटक परीक्षा सञ्चालनका क्रममा प्रविधिको प्रयोग,प्रश्नपत्रको गोपनीयता र अनुशासनमा विशेष ध्यान दिइएको छ। कुनै पनि किसिमको अनुचित क्रियाकलाप हुन नदिन कडाइका साथ निगरानी गरिने जनाइएको छ।
विद्यार्थीहरू लामो तयारीपछि उत्साह र आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन तयार छन्।अभिभावक,शिक्षक तथा सरोकारवालाहरूले पनि सकारात्मक वातावरण सिर्जना गर्दै परीक्षार्थीहरूको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेलेका छन्।
प्रतिक्रिया राख्नुहोस्