राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्लाको शैक्षिक क्षेत्रमा पछिल्लो समय एक नाम निरन्तर उकालो लाग्दैछ लर्निङ्ग हेभन एण्ड रिसर्च स्कुल।स्थापना भएको छोटो समयमै यस विद्यालयले गुणस्तरीय शिक्षण,अनुशासित वातावरण र बालमैत्री व्यवहारमार्फत आफूलाई एक उदाहरणीय शिक्षण संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ।
प्युठान नगरपालिका–७ पुण्यखोलामा अवस्थित यो विद्यालय पहिलो शैक्षिक सत्रदेखि नै उत्कृष्ट नतिजा र फरक पहिचान बनाउन सफल रहँदै आएको छ। यसले अभिभावक र विद्यार्थीहरूको मन मात्र होइन,गहिरो विश्वाससमेत जितेको छ।विद्यालय परिसरमा प्रवेश गर्नेबित्तिकै देखिने सफाइ,अनुशासन र आत्मीय वातावरणले यसको विशेषता प्रस्ट झल्काउँछ।फराकिलो खेलमैदान,व्यवस्थित र आकर्षक कक्षाकोठा,बालमैत्री शौचालय तथा सुरक्षित वातावरणले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ।यहाँको भौतिक पूर्वाधार केवल संरचना होइन,गुणस्तरीय शिक्षाको आधार हो।
बिध्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको सामुहिक तस्बिर
लर्निङ्ग हेवनमा शिक्षण केवल पाठ्यपुस्तकमा सीमित छैन।यहाँ सिकाइलाई व्यवहारसँग जोडेर जीवनोपयोगी बनाइन्छ।सुसज्जित पुस्तकालय,विज्ञान,कम्प्युटर तथा गणित प्रयोगशालाहरूले प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिएका छन्।विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने अवसर पाउँछन्।त्यसैगरी,Projector र DOC Camera सहितको डिजिटल कक्षाले शिक्षणलाई अझ आकर्षक,प्रविधिमैत्री र सहभागितामूलक बनाएको छ।यसले विद्यार्थीहरूमा सिकाइप्रति रुचि र सक्रियता उल्लेखनीय रूपमा बढाएको छ।
विद्यालयले अंग्रेजी भाषा कक्षा,Montessori Lab तथा Cyclic Test प्रणालीमार्फत निरन्तर मूल्याङ्कनलाई जोड दिएको छ। यसले विद्यार्थीहरूको सिकाइ प्रगति नियमित रूपमा अनुगमन गर्न र सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुर्याउँछ। परिणामस्वरूप,शिक्षण–सिकाइ प्रक्रिया अझ व्यवस्थित,प्रभावकारी र गुणस्तरीय बन्दै गएको छ।
कक्षाबाहिर पनि यहाँ सिकाइको संसार उत्तिकै फराकिलो छ।नृत्य,संगीत,तेक्वान्दो,योग तथा ध्यानजस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको सिर्जनात्मकता,आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
विद्यालयले ‘शिक्षा केवल ज्ञान होइन,संस्कार पनि हो’भन्ने मान्यतालाई आत्मसात गरेको छ।नैतिक शिक्षा,अनुशासन,सम्मान र सामाजिक जिम्मेवारीलाई दैनिक सिकाइसँग जोडिएको छ।यसले विद्यार्थीहरूमा सकारात्मक सोच,आत्मविश्वास र नेतृत्व क्षमताको विकास गरिरहेको छ।यस विद्यालयको सबैभन्दा विशिष्ट पहिचान भनेको“सम्मानजनक सम्बोधन संस्कार” हो।यहाँ साना बालबालिकालाई पनि‘तपाईं’भनेर सम्बोधन गरिन्छ।यो अभ्यासले उनीहरूमा आत्मसम्मानको भावना विकास गराउँदै सभ्य र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ।
२०६५ सालमा स्थापना भएको यस विद्यालयले समयको माग र बदलिँदो शैक्षिक परिवेशलाई आत्मसात गर्दै निरन्तर सुधार र परिमार्जनको बाटो समातेको छ।यसै क्रमलाई अघि बढाउँदै २०७८ सालदेखि “लर्निङ्ग हेभन एण्ड रिसर्च स्कुल”का रूपमा नयाँ पहिचानका साथ सञ्चालनमा आएको हो।
नयाँ नामकरणसँगै विद्यालयले केवल नाममा मात्र होइन,शिक्षण पद्धति,भौतिक पूर्वाधार,व्यवस्थापन शैली र समग्र शैक्षिक दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याएको छ।गुणस्तरीय शिक्षा,अनुशासित वातावरण,प्रविधिमैत्री कक्षा र बालमैत्री व्यवहारमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित हुँदै यसले आफूलाई एक भरोसायोग्य र उदाहरणीय शिक्षण संस्थाका रूपमा स्थापित गर्दै अघि बढिरहेको छ।यस विद्यालयमा हाल पेले ग्रुप देखि कक्षा १० सम्म करिब ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।चमेना गृह,नियमित स्वास्थ्य जाँच,सरसफाइमा ध्यान र सुरक्षित वातावरणले अभिभावकहरूको भरोसा अझ मजबुत बनाएको छ।
साप्ताहिक अतिरिक्त क्रियाकलाप,नियमित मूल्याङ्कन,अभिभावक–शिक्षक अन्तरक्रिया तथा व्यक्तिगत क्षमता पहिचान गर्ने अभ्यासले सिकाइलाई अझ प्रभावकारी बनाएको छ।
विद्यालयका प्रिन्सिपल सिद्धिमान थापाको कुशल नेतृत्वमा संस्था निरन्तर प्रगतितर्फ अग्रसर छ।शिक्षण क्षेत्रमा लामो अनुभव,दूरदर्शी सोच र समर्पणले विद्यालयलाई सही दिशा प्रदान गरिरहेको छ।उहाँ भन्नुहुन्छ,“आजको शिक्षा समयअनुसार परिवर्तन हुनुपर्छ।बालबालिकाको रुचि र क्षमताअनुसार शिक्षण विधि अपनाउनु आवश्यक छ।”उहाँका अनुसार,“आजको शिक्षा समयअनुसार परिवर्तन हुनैपर्छ।बालबालिकाको रुचि,चाहना र क्षमताअनुसार शिक्षण विधि अपनाउनु आवश्यक छ। हामी त्यही दिशामा अगाडि बढिरहेका छौं।”उहाँ थप्नुहुन्छ,“बालबालिकालाई सानैदेखि सम्मान गर्न सिकाउनुपर्छ।विद्यालय र परिवार नै शिक्षाको पहिलो आधार हुन्।त्यसैले हामीले यहाँ‘तपाईं’भनेर सम्बोधन गर्ने संस्कारको सुरुवात गरेका हौँ।यसले विद्यार्थीहरूमा आत्मसम्मान र जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्छ।”
प्रयोगात्मक कार्यमा सहभागी हुँदै बालबालिका
थापाको नेतृत्व र दृष्टिकोणले विद्यालयमा केवल गुणस्तरीय शिक्षा मात्र होइन,सकारात्मक संस्कार,सम्मान र नेतृत्व क्षमताको विकास पनि सुनिश्चित गरेको छ।यसले शिक्षक,विद्यार्थी र अभिभावकबीचको विश्वास र सहकार्यलाई अझ बलियो बनाएको छ।
विद्यालयमा हाल ३० जना दक्ष,अनुभवी र समर्पित शिक्षक–शिक्षिकाहरू कार्यरत हुन्हुन्छ।उहाँहरूको मेहनत,व्यवस्थापनको सक्रियता र अभिभावकको विश्वासले यस विद्यालयलाई छोटो समयमै नमुना संस्थाका रूपमा स्थापित गरेको छ।
प्रतिक्रिया राख्नुहोस्