प्यूठान,निवर्तमान सांसद सूर्य थापाले प्यूठानमा निर्माण भैरहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको निरीक्षण गर्नुभएको छ। उहाँले मल्लरानी–गोखुंगा–अर्वाङ–थाम–सोलहाल्ना खण्डको अवलोकन गर्दै सडक निर्माणको गुणस्तर,प्रगतिको समीक्षा गर्नुभयो।
सांसद थापाले सडक निर्माणले स्थानीय जनतालाई आवागमनमा सहजता पुर्याउने र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा कुनै प्रकारको ढिलाई वा समस्या भए त्यसको समाधान गर्न सम्बन्धित निकायसँग समन्वय बढाइने जानकारी पनि दिनुभयो।
सडक निर्माण मल्लरानी गाउँपालिकाको संघीय समर्पक बजेटबाट भइरहेको छ,जसले गाउँको आर्थिक,सामाजिक र यातायात सुविधा सुधारमा ठुलो भूमिका खेल्ने छ। यसले स्थानीय किसान, व्यापारी,विद्यार्थी र अन्य सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सांसद थापा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुहुने भएको छ। यस अवसरमा स्थानीय कार्यकर्ता र जनताको पनि उपस्थिती रहेको थियो।उक्त अबसरमा उहाँले भन्नुभयो,“निर्माणाधीन सडकले जनताको जीवनमा सुविधा ल्याउनेछ र क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनेछ। हामी सबै मिलेर गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने छौँ।”
प्रतिक्रिया राख्नुहोस्