बाल बिद्यामा २ लाखको अक्षयकोष स्थापना : दिनेश पोख्रेलले जीवन्त बनाए बुबाको सपना 

बाल बिद्यामा २ लाखको अक्षयकोष स्थापना : दिनेश पोख्रेलले जीवन्त बनाए बुबाको सपना 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका–९ मरन्ठानामा अवस्थित बाल बिध्या माध्यमिक विद्यालय मजुवाको इतिहासमा आज एक अमूल्य अध्याय जोडिएको छ। यो केवल आर्थिक सहयोगको समाचार होइन–यो एक सपना,एक भावना र एउटा परिवारको समाजप्रतिको गहिरो समर्पणको जीवित दस्तावेज हो।
स्व.मोहनलाल शर्मा—एक समर्पित व्यक्ति,जसले आफ्नै जग्गा विद्यालयलाई अर्पण गर्नुभयो,उहाँका सपनाहरू केवल कक्षाकोठा सजाउनेमा सीमित थिएनन्—उहाँका सपनामा शिक्षा थियो,अवसर थियो र भविष्यको उज्यालो भरोसा थियो।
त्यो जग्गामा आज ज्ञानको मन्दिर त निर्माण भयो,तर उहाँको सपना त्यत्तिमै रोकिएको थिएन–उहाँको आशा थियो कि कहिल्यै शिक्षा अन्धकारमा नपरोस्,मौका र मार्ग खोज्ने बाल मस्तिष्क उज्यालो बन्दै जाओस्।
आज,उहाँकै सुपुत्र दिनेश पोख्रेलले मोहनलाल स्मृति अक्षकोष स्थापना स्थापना गर्दै बुबाको अधुरो सपना पूरा गर्ने मार्ग थप प्रशस्त बनाइदिनुभएको छ। 
आइतबार बिध्यालयमा भएको अभिभावक दिवसको अबसरमा उहाँका सुपुत्र दिनेश पोख्रेलले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर एक अनुकरणीय उदाहरण स्थापित गर्नुभएको छ।
उक्त क्रममा बिध्यालयका प्रध्यानाध्यापक केशु गिरीलाई २ लाखको चेक हस्तान्तरण गर्दै स्व: बुवाले स्थापना गर्नुभएको बिध्यालयमा आगामी दिनमा जस्तोसुकै सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
स्वर्गीय मोहनलाल शर्माले शिक्षा उजागर होस् भनेर आफ्नै जग्गा विद्यालयलाई प्रदान गर्नुभयो। शर्माद्वारा दान गरिएको जग्गामा आज शिक्षाको उज्यालो बत्ती सल्किँदैछ। उहाँको बलिदानले बालबिध्या माध्यमिक विद्यालयको अस्तित्व संभव बनाएको थियो।अहिले सुपुत्रको हातबाट संस्थापकको नाममा गरिएको यो कोष स्थापनाले उक्त सपना र समर्पणलाई नयाँ उचाइमा पुर्याएको छ।
यो अक्षयकोष स्थापनासँगै विद्यालयले अब शैक्षिक गुणस्तर अभिवृद्धि,विद्यार्थीहरूको प्रोत्साहन तथा विद्यालयको समग्र विकासका लागि स्थायी स्रोत पाउनेछ। दिवंगत बुबाको सपना र योगदानलाई निरन्तरता दिने उद्देश्यले सुपुत्र पोख्रेलले गरेको यो सह्रानीय पहलले विद्यालय परिवार तथा स्थानीय समुदायमा उत्साह र प्रेरणा थपेको छ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के.सि ले पोख्रेल परिबारले गर्नुभएको अनुकरिणिय योगदान को प्रशन्सा गर्नुभयो। उहाँ भन्नुहुन्छ 
स्व.मोहनलाल शर्माले आफ्नै जग्गा विद्यालयलाई प्रदान गर्दै समुदायका बालबालिकाको उज्ज्वल भविष्यका लागि समर्पित योगदान गर्नुभएको थियो। आज उहाँको त्यही दूरदृष्टिको सार्थकता सुपुत्रद्वारा गरिएको यस योगदानले अझ प्रबल बनेको छ।
यसअवसरमा विद्यालय परिवारले पनि स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुपुत्र दिनेश पोख्रेलप्रति हार्दिक आभार व्यक्त गरेको छ तथा आगामी दिनहरूमा पनि समुदायबाट यस्तै सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेको छ। बिध्यालयका प्र.अ केशु गिरीले दिनेश पोख्रेल  परिवारलाई धन्यवाद व्यक्त गर्दै यस पहलले शिक्षा,श्रद्धा र सामाजिक उत्तरदायित्वको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँका अनुसार अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति,पुरस्कार तथा शैक्षिक गतिविधिमा सहयोग पुग्नेछ। यसले शिक्षा क्षेत्रप्रति समाजको विश्वासलाई अझ बलियो बनाउनेछ। यस्तो योगदानले विद्यालय परिवारमा उत्साह र प्रेरणा थपेको छ र स्वर्गीय मोहनलाल शर्माको सपना जीवन्त भएको छ।
अक्षयकोष स्थापनाले विद्यालयमा गुणस्तरीय शिक्षालाई थप प्रोत्साहन दिनेछ भने स्व. शर्माको स्मृतिलाई विद्यालयको गौरवका रूपमा सदा जोगाइराख्नेछ।
शैक्षिक क्रान्ति संवाद वा नारा मात्रले हुँदैन-उहाँ जस्तै सिर्जनात्मक योगदानले हुन्छ। स्व. शर्माको सपना आज दिनेशको समर्पणमा परिपक्व बन्दैछ। यो केवल विद्यालयको गौरव होइन-यो समुदायको आत्मसम्मान र भविष्यको प्रेरणा बनेको छ।