सीता बि.क
प्युठान,पत्रकार महासंघ प्युठान शाखाको २४औं स्थापना दिवसको अवसरमा “मर्यादित पात्रकारिताको लागि पत्रकार महासंघको भूमिका” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने शाखा अध्यक्ष श्रीराम भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार,“ जिल्ला शाखाले २४ औं बर्ष पूरा गरेको छ,पत्रकार महासंघ केवल पेशागत संस्था मात्र होइन,यो पत्रकारितामा नैतिकता र जिम्मेवारीको प्रहरेदार भएको र यसले पत्रकारहरूलाई सुदृढ मार्गदर्शन गर्दै,चुनौती र अवसरको सामना गर्न सक्षम बनाउने उद्देश्यले उक्त अन्तरक्रिया आयोजना गरिएको छ।अन्तरक्रिया कार्यक्रममा अग्रज पत्रकार र सम्पादकहरूसँग अनुभव साटासाट गरी भविष्यका चुनौती र अवसरबारे छलफल हुने छ।"
कार्यक्रम बिहान ८ बजे बिजुवारमा रक्तदान गर्दै सुरु हुनेछ भने १० बजे होटेल आयुष्मा जुम्रीमा मुख्य अन्तरक्रिया सत्र सञ्चालन हुनेछ। प्युठानका पूर्व अध्यक्ष,अग्रज पत्रकार,सम्पादक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने बताइएको छ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्