राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले ३ वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ। नगर प्रमुख बिष्णु योगि,उप प्रमुख देवेन्द्र वर्मा,नगर प्रवक्ता सुमन श्रेष्ठले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै ३ बर्षे कार्य प्रगति सार्वजनिक गर्नुभएको हो।
आर्थिक बिकास समितिका संयोजक तथा नगर प्रवक्ता सुमन श्रेष्ठले नगरपालिकाको सिङ्गो टिम नगरको विकास–निर्माणमा केन्द्रित रहेको बताउनुभयो।
आम जनताको आबश्यकतालाई ध्यान दिदै सेवा प्रबाहलाई नगरपालिका अगाडी बढेको नगर प्रवक्ता श्रेष्ठको भनाई छ।
उहाँका अनुसार “एक वडा, एक कालोपत्रे सडक” अभियान अन्तर्गत ५ दशमलव ०८४ किलोमिटर सडक कालोपत्रे,१ दशमलव ६५१ किलोमिटर सडक ढलान र १५ किलोमिटर सडक ग्राभेल १० दशमलव ६०० किलोमिटर नयाँ ट्र्याक खोलिएको,२१ दशमलव ७५३ किलोमिटर सडक स्तरोन्नति गरिएको छ।
त्यस्तै कार्यक्रममा नगर प्रमुख बिष्णु योगिले प्रदेश र केन्द्र सरकारले दिने अनुदान रकम वर्षेनी घट्दै गएकाले योजना अनुसार सडक कालोपत्रे गर्न नसकेको बताउनुभयो।,
“स्थानीय सरकारको क्षमता अनुसार काम गरिरहेका छौँ ।उहाँले भन्नुभयो पाँच वर्षे कार्यकालमा १० वटै वडाका मुख्य सडकहरू कालोपत्रे गर्ने नगरपालिकाको‘नगर गौरव’ को आयोजनाका रूपमा लक्ष्य लिएका छौँ ।”
प्रतिक्रिया राख्नुहोस्