प्युठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रकाे नेतृत्वमा "प्रशुजता"

प्युठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रकाे नेतृत्वमा "प्रशुजता"

प्युठान, प्युठान उद्योग वाणिज्य संघ, प्युठान नगर बजार क्षेत्रकाे २०औं साधारणसभा तथा सातौ अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा प्रशुजता अधिकारीलाई सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा जीवन सुनार, सचिब बिष्णु प्रसाद न्यौपाने र  काेषाध्यक्षमा सरस्वती खनाल पराजुली सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै सदस्यहरुमा बिस्नु गिरी, शंम्भु श्रेष्ठ, पंकज जिसी र सुपाल नाथ याेगीलाई चयन गरेको छ।अधिबेशनले हरि विएम, टुकलाल न्याैपाने र कमल पाैडेललाई जिल्ला प्रतिनिधिमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।