माझकोटमा उद्यमशिलता विकास तालिम सम्पन्न,तालिम उपलब्धीपुर्ण रहेको प्रतिक्रिया

माझकोटमा उद्यमशिलता विकास तालिम सम्पन्न,तालिम उपलब्धीपुर्ण रहेको प्रतिक्रिया

सीता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नं.६ माझकोटमा उद्यमशीलता बिकास तालिम सम्पन्न भएको छ।
प्युठान नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत आठ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको हो।
वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष इमान पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्युठान नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुमनराज श्रेष्ठ  रहनु भएको थियो । 
समापनका अवसरमा बोल्दै कार्यबाहक नगर प्रमुख श्रेष्ठले लघु,घरेलु तथा साना उद्यमी सृजनाका लागि उद्यमशिलता विकास र सीप विकास तालिम प्रभावकारी हुने हुँदा तालिम पस्चात उद्यमी बनेर नगरको नाम राख्न आग्रह गर्दै तालिममा सहभागिलाई शुभकामना व्यक्त गर्नुभयो।प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता समेत रहनुभएका श्रेष्ठले लघु,घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगो आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो ।आर्थिक समृद्धिका लागि सबैलाई काम र रोजगारीमा आबद्ध गराउन स्थानिय स्तरदेखिनै उत्पादन वृद्धि रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउने उदेश्यले उद्यमशीलताको महत्वपूर्ण  भुमिका रहेको हुदा व्यवसायीमुलक सिप सिकि आत्मनिर्भर हुन सबैलाई प्रोत्साहीत समेत गर्नुभयो ।
यसैगरी प्युठान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोहनसिह बिष्टले नगरपालिकाले प्रदान गरेको तालिमलाई तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैलाई आग्रह गर्नुभयो ।
आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि सि ले तालिम लिनका लागि मात्र सीमित नभएर तालिमबाट प्राप्त ज्ञान सीपले उद्यमशिलता विकासमा ठोस योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो।
८ दिने व्यवसाय सचेतना,व्यवसाय सुरु,लैगिंक समानता तथा समावेशिकरण उद्यमशिलता तालिम पश्चात् सहभागि बाट सिलाईकटाई,बुटिक,मोबाइल मर्मत र मौरी पालनमा उद्यमी बन्ने चाहाना व्यक्त गरेका थिए।माघ १६ गतेदेखी माझकोटमा संचालित उक्त तालिममा वडाका ३६ जना प्रारम्भिक उद्यमीहरुले सहभागी जनाएका उक्त तालिममा व्यावसायको अवधारणा,व्यावसायको प्रकारहरू,व्यावसायको महत्व,सफल उद्यमीका विशेषताहरू,लक्ष्य निर्धारण,सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू,विक्रयकला,मष्तिष्क मन्थन, व्यवसायको प्रारम्भीक छनोट,व्यवसाय छनोट गर्ने आधारहरू,व्यवसायको अन्तिम छनोट,बजार र बजारीकरण,व्यावसायिक योजना सम्बन्धी जानकारी लगायतका विषयमा सहभागीहरूलाई प्रारम्भिक रूपमा सहजीकरण गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।

उद्यमशिलता विकास तालिम व्यवसाय सुरु गर्ने समयमा अनिवार्य रुपले लिनुपर्ने तालिमका सहभागीहरुले बताउनुभएको थियो।समापन समारोहका अवसरमा तालिम सम्बन्धी प्रतिक्रिया दिँदै तालिम सहभागी सरस्वती के सि ले नवप्रवेशी उद्यमी र उद्यम सुरु  गरिसकेका दुवैलाई नै तालिम अत्यन्त उपायोगी र महत्वपूर्ण रहेको बताउनुभयो। उहाँहरुले तालिमबाट सिकेको ज्ञान सिप व्यवहारमा हुवहु लागु गर्न सके उद्यम व्यवसायबाट उत्कृष्ट प्रतिफल हासिल गर्न सकिने बताउनुभयो।