राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी गाउँपालिकाले वडा नम्बर-३ लाई विभाजन गरी दुई वटा वडा बनाउने प्रस्ताव गाउँशभा बाट पारित गरेको छ । मङ्गलबार गाउँ पालिकाको १८ औँ गाउँ सभामा गौमुखी वडा नम्बर ३ का वडा अध्यक्ष जङ्ग बहादुर पुनले वडा नम्बर ३ विभाजन गरी दुई वटा बनाउने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा गाउँ सभाले सर्वसम्मत रुपमा पारित गरेको हो।
गाउँपालिका वडाहरुमध्ये वडा नम्बर-३ रजबारा भौगोलिक रुपमा ठूलो र विकट भएको,स्रोत साधनको असुविधा भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गरी वडा नम्बर ३ लाई दुई वटा वडाको रुपमा विभाजन गर्ने निर्णय गरिएको अध्यक्ष बिष्णु गिरीले बताउनुभयो।
गाउँ सभाको निर्णयलाई लुम्बिनी प्रदेशमा पठाउन र प्रदेशले संघमा सिफारिस गर्नुपर्ने प्रावधान रहेको गिरीले बताउनुभयो । उहाँका अनुसार वडा विभाजन गर्ने अन्तिम अधिकार सङ्घीय सरकारले गर्नेछ । हाल गाउँपालिकामा ७ वटा वडा छन् ।एउटा वडा विभाजन भएर आएमा ८ वटा वडा हुनेछन् ।
१८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाई खरको छाना मुक्त घोषणा गर्ने,गौमुखी गाउँपालिकालाइ २०८२ भ्रमण बर्ष २०८२ मनाउने,गाउपालिका शिक्षा ऐन २०७७ लाइ संसोधन गर्ने,गाउँपालिकाको बिनियोजन ऐन २०८१ लाइ संसोधन गर्ने तथा बेरूजु सम्परिक्षण गर्न महालेखा परिक्षकको कार्यालयलाइ अनुरोध गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्