सीता बि.क
प्युठान,धेरैलाई लाग्छ, दसैँ मान्यजनबाट टीका-प्रसाद ग्रहण गर्ने पर्व हो ।टीका ग्रहण गरेपछि लगभग दसैँ सकिन्छ ।तर प्युठान जिल्लामा भने दसैँलाई अलि फरक शैलीमा मनाइन्छ।जिल्लामा प्रायः एक दिन मात्रै दसैँको टीका ग्रहण गरिन्छ । दसैँका वेला जिल्लामा एउटा बेग्लै रौनक हुने गर्छ । त्यो हो–सराय नाच।यो नाचका क्रममा हतियार नचाइन्छ र कोटहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
दसैँको टीकाको भोलिपल्टदेखि कोट,मन्दिर र शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् ।उक्त नाचले सबैतिर रौनकता बढाउँछ ।दसैँ मान्न घर फर्किएकाहरू यो नाच सकिएपछि मात्रै आ–आफ्नो कर्मथलो फर्किने गरेको पाइन्छ ।
नाचका क्रममा युवा र बुढापाका खुँडा र तरबार जुदाएर नाच्ने गर्छन् ।उनीहरू बाजासहितको तालमा ‘वाख्यै–वाख्यै’ भन्दै नाच्छन् ।यहाँ रहेको सराँय नाँच प्युठानिको पहिचान संग जोडिएको छ।आज कोजाग्रत पुर्णिामाको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
प्युठान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो।यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी,पाखापखेरा,मठमन्दिर आदीले महत्वपूर्ण भूमिका खेलेका छन् ।
नौबहिनी गाउँपालिका-६ र ८ को संगम स्थल बहाने खोलाको बिचमा रहेको ढुङ्गा माथी निर्माण गरिएको माक्रे मन्दिर झिलीमिली पाएर सिंगारिएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको यस मन्दिरमा परम्परागत मान्यता र बिधि अनुसार स्थानीयले माक्रेको दर्शन तथा पुजापाठ गर्न सकिने छ। मन्दिर परिसरमा सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा यो संगै प्यूठान नगरपालिकाको मरन्ठाना बुढादेबी, पुण्यखोला बखडी मेला तथा बेलुवा क्वाडि स्थित बेलपत्रेश्र्वर महादेवको मन्दिरमा पनि सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।त्यस्तै झिमरुक गाउँपालिका-२, को ऐतिहासिक धार्मिक स्थल गडिकोट आलमदेबी मन्दिरमा ऐतिहासिक सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रम हुने वडा नम्बर २ ले जनाएको छ। उक्त गडिकोट मन्दिरलाई झिलीमिली पाएर सिंगारिएको छ। मेला हेर्न प्यूठान,अर्घाखाँची र गुल्मी जिल्लाका छिमेकी पालिकाका सयौंको संख्यामा स्थानीयको भिड लाग्ने गर्दछ । यी स्थान बाहेक अन्य स्थानहरुमा समेत परम्परा अनुसार सराँय नाच तथा बृहत सांस्कृतिक कार्यक्रम हुनेछन् ।सराँय नाचमा नौमती बाजागाजा सहित महिलाहरु समेतले सरायँ नाच खेल्ने भएकोले दर्शकहरुले थप आनन्द लिन सकिने छन् ।
सरायँ नाचलाई थप व्यवस्थित बनाउदै भब्य सभ्य ढङ्गले प्रस्तुत गर्दै हराउदै गएको पुरानो कला संस्कृति संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली परम्परागत लोक संस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने बताइएको छ।
तरबार,खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने मान्यता रहेको बुढापाकाहरु बताउनुहुन्छ।
परापूर्वकालदेखि नाच्न थालिएको सराय नाचले वर्षौँदेखि टाढिएका आफन्तजन,इष्टमित्र र गाउँलेलाई जमघट गराउने प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ बताउनुहुन्छ । यो नाच पश्चिम नेपालको मौलिक नाच हो,यसलाई संरक्षण गर्नुपर्छ,’श्रेष्ठ भन्नुहुन्छ,‘यो नाच सयौँ वर्षअघिदेखि चलिआएको हो ।’उहाँका अनुसार कोट तथा मठमन्दिर जुन वेलादेखि स्थापना भए,त्यही वेलादेखि नै सराय नाच सुरु भएको हो।
पछिल्लो समय सराय नाचमा युवा पुस्ताको क्रेज बढ्दो छ । दसैँमा घर फर्केका युवाहरू सराय नाचमै झुम्ने गर्छन् ।उनीहरू हतियार उचालेर नचाउने गर्छन् ।‘यो परम्परालाई युवापुस्ताले पनि निकै रोमाञ्चक र सांस्कृतिक ढंगले मनाउने गरेको छ,’तर आधुनिक प्रविधिको विकासले मौलिक संस्कृतिका कारण हराउँदै जाने पो हो कि भन्ने उहाँको गुनासो छ।
कोजाग्रत पुर्णिामा जिल्लाका दुई पालिका नौबहिनी र ऐरावती गाउँपालिकाले आज स्थानीय पर्व बिदा समेत दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्