राम बहादुर बिश्वकर्मा
प्युठान,बहुमुखी बचत तथा ऋण सहकारी सस्था लिमिटेड प्युठानका अध्यक्ष माधव पराजुलीले सहकारीको सिद्धान्त,नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङकटमा नपर्ने बताएका छन्।
आफुले नेतृत्व गरेको बहुमुखी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय निति,विधि र प्राविधि बिना संचालित सहकारी सस्थामा अपारदर्शीता र समस्या देखिएका छन्। उनले भने,“पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो,यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ।एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ।साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर बहुमुखी बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ ।”अध्यक्ष पराजुलीले अर्थतन्त्रको तीन खम्बामध्येको एक सहकारीलाई प्रबर्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष पराजुलीले सहकारी ऐन २०७४ र २०७५ को सहकारी नीतिको अधिनमा रहि सहकारीको बिनियम संशोधन तथा पुनर लेखन गरिनुपर्ने लुम्बिनी रजिस्ट्रार कार्यालयको परिपत्र अनुसार बिनियम पुनर लेखन गरि साधारणसभा बाट पास गरिएको जानकारी दिए।
उनका अनुसार कर्मचारी प्रशासन नियमावली,ऋण ब्यबस्थापन कार्यबिधी,बचत रकम कार्यबिधी लगायतका नितिलाई पुनः लेखन तथा संशोधन गरिएको छ अब सस्थाको गतिविधि सन्चालन गर्न धेरै सहज हुनेछ।
आव २०८०–८१ को वार्षिक प्रतिवेदन सचिब पुर्ण बहादुर के सि र लेखा प्रतिवेदन कोषाध्यक्ष मधुसूदन गिरीले प्रस्तुत गरेका थिए।
त्यस्तै सस्थाकी ब्यबस्थापक मिना के सि बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरिन। उनले भनिन,“उत्पादन क्षेत्रमा लगानी भइरहेका कारण संस्थामा जोखिम आएको छैन, आउन दिँदैनौँ । साधारण सदस्यको पुँजी, सदस्यकै हितमा परिचालन भइराखेको छ।”आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ,यसबारेमा बचतकर्ता चनाखो हुनुपर्छ ।”
सहकारीको ब्यबस्थापक के.सि का अनुसार निक्षेप सङ्कलनतर्फ नियमित,ऐच्छिक,बालबचत,आबधिक बचत ,सामुदायिक बचत लगायत बचत सेवा सञ्चालित छन्।यसैगरी लघु,गरिबी निवारण कर्जा,व्यापारिक,महिला उद्यमी,शेयर सदस्य सहुलियत,कृषि योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ।
प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठानामा मात्र ५ वटा सहकारी सस्था छन् । ती मध्ये बहुमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अब्बल मानिन्छ ।
धेरै सेयर सदस्य रहेको उक्त सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा पनि मुनाफा आर्जन गरेको छ । विसं २०६७ सालमा २७ जना सेयर सदस्यहरु गठन भई आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल हाल ९ सय २६ शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति २ करोड ४३ लाख ९२ हजार ३ सय ८८ रुपैयाँ ५७ पैसा पुगेको जनाइएको छ ।
सहकारीको खुद नाफा८ लाख ८ हजार ३ सय ८७ रुपैयाँ ९८ पैसा मुनाफा कमाउन सफल भएको छ ।
आव २०८० र ८१ मा सो संस्थाको लगानी बाट ब्याज आम्दानी २० लाख ५० हजार१ सय ४२ र एक अर्ब ६ करोड ५६ लाख २२ हजार र शेयर पुँजी १२ लाख १ हजार पुगेको जनाइएको छ । सहकारीको १५ औँ वार्षिक प्रतिवेदनका अनुसार आव २०८१ र ८२ शेयर पुँजी २० लाख पुर्याउने, ब्यबस्थित काउन्टर मार्फत कारोबार संचालन गर्ने,ऋण नीति अनुसार परियोजना मुल्यांकन गरि १५ लाख सम्मको ऋण लगानी गरिने उक्त ऋण लगानी गर्दा धितो प्रक्रियामा जाने, बिनियम पुनर लेखन र बनेका नितिहरु पारित गरि लागू गर्ने,कर्मचारी न्युयुक्ती, म्याद थपको लागि आबश्यक कागजात लिई म्याद थप गर्ने,समान उद्देश्य भएका सहकारी मर्जर हुन चाहेमा सहकारी ढोका खुल्ला रहने,सस्थाका सेयर सदस्य,कर्मचारी,जेष्ठ नागरिक,बिध्यार्थी,पीडित बर्गहरुलाई सम्मान,पुरस्कार,सहयोग जस्ता निति अबलम्बन गर्दै सस्थालाई उत्कृष्ट सस्था बनाउन पहल गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्