सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त सोमैले‘आफ्नो सडक आफै बनाँउ’अभियान सूरु गरेका छन।उनका अनुसार जब शनिबार मोटरबाटो मर्मतका लागि वडा अध्यक्ष चिन्त सोमै आफै बेल्चा बोकेर नाली बनाउन तर्फ हिडे म बेल्चा बाेकेर हिडेकाे देखेर बाटोमा भेटिएका केही भाईहरू(मेराे अनुमानमा खिसि गरे) हासे ।किन हासे थाहा भएन सायद मेराे उद्देश्य र सहयोगी बेल्चाकाे काम बुझेनन हाेला।"
तस्बिर : तीन देखि हातमा बेल्चा बोकेर आफ्नो सडकको मर्मत सम्भारमा लागेका सरुमारानी गाउँपालिका वडा ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै
अध्यक्ष सोमै तीन दिन देखि हातमा बेल्चा बोकेर आफ्नो सडकको मर्मत सम्भारमा लागेका छन।उनले बड्डाडा बेशिगाउँ छविसे माेटर बाटो र बड्डडाडा जस्पुर माेटरबाटो गरि करिब ८० मिटर दुरिमा खाल्डा खुल्डी र नाली सफा गर्दै आएका छन् ।निर्वाचित भएपछि मतदाताको भावना नबुझ्ने र साथमा नरहने प्रवृत्ति झाँगिंदै गएकोले जनप्रतिनिधिलाई समय मिलाएर हप्ताकाे १ दिन वा आवश्यकता अनुसार श्रमदान गर्नुपर्ने निर्णय गरी सोहीअनुसार नीति बनाइएको थियो।
विशेषगरी सडक मर्मत र नाली कटान लगायत काममा जनप्रतिनिधि आफैं सहभागी भएर श्रमदानबाट काम सुरु गरिएको हो।
श्रमदान नीतिले श्रम गर्नेलाई सम्मान गर्न सिकाउने भएकोले बिग्रेका माेटर बाटाहरू डोजरकै आवश्यकता नपर्ने,खाल्डा खुल्डी पुरे पछि माेटर साईकल,अटाे र एम्बुलेन्सहरू सहजै चल्न सक्ने भएको उनको दाबी छ।
स्थानिय सरकारले गरेका काममा स्थानिय नागरिकहरुको जन सहभागिता बढाएमा नागरिकहरुमा विकासमा अपन्त्वको भावना सृजना हुले भएकाले नागरिकहरुका सहभागिता बढाउने प्रयत्न गरिएको पालिका प्रबक्ता समेत रहेका सोमै बताउछन।
तस्बिर : आफ्नो वडा आफै बनाउ भन्ने अभियानमा सरीक हुँदै सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै
अहिले सबै काम स्थानिय सरकारले गरिदिनु पर्ने नागरिकहरुले कुनै काममा सहभागिता नहुने प्रचलन बढिरहेको बेला सरुमारानी वडा ४ का वडा अध्यक्ष सोमैको चर्चा चुलिएको छ।
यो काम गरेको देख्दा उ वेला एमालेको ‘आफ्नो गाउ आंफै बनाँउ’ जस्तै झ– झल्को देखिएको स्थानीय बताउछन ।
आफ्नो वडाको मोटरबाटो दिगो विकास गर्नका लागि वडा ४ का वडा चिन्त सोमैले लिएको अभियान अत्यन्तै सकारात्मक रहेको भन्दै आफू पनि अभियानमा सरिक हुने वडा सदस्य भोज बहादुर सारु पनि उक्त अभियानमा जोडिने बताए।
वडाको विकासमा स्थानीय समुदाय आफै सक्रिय हुनुपर्ने र विकासका लागि अरुको मुख ताक्ने भन्दा पनि जनप्रतिनिधिसहित काम सुरु गर्दा विकासले फड्को मार्ने उनको भनाइ छ ।
पालिकाले गरेका केहि सडकहरु नाली नबन्ने गरेका कारण बर्खाको पानीले सडक बिग्रने गरेको छ । नयाँ बनेका सडकहरुमा समेत कच्चि नाली बनाउदा सडकमा बर्खाको पानी बग्ने भएकाले सडक बिग्रने गरेको गाउपालिकाका इन्जिनियर सुवास गौतमले बताए।
गाउँपालिकाका सबै योजनाहरुमा १० प्रतिशत जन सहभागिता अनिर्वाय रहेको पालिकाका इन्जिनियर गौतमले बताए।
प्रतिक्रिया राख्नुहोस्