राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार जोगेन्द्र के सि राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।
विगत तीन दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत के सि सम्मानित भएका हुन् ।
उनलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा नगद एक लाख एक रुपैयासहित राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित गरेको हो ।
के सि ले नृत्य सँगै नाट्य क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहबीच के सि सम्मानित भएका थिए ।
पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्तै खुसी हुँदै नृत्य निर्देशक के सि ले राष्ट्रिय प्रज्ञा पुरस्कार पाइरहँदा अझ आफ्नो कामप्रतिकाे जिम्मेवारी थप भएको महसुस पनि गरेका छन।
साथै उनले याे पुरस्कारकाे लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा - प्रतिष्ठानप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु।साथै मेरा गुरूवर्ग,मान्यजन,साथीभाइ, इष्टमित्र, नेपाल लाेक सांस्कृतिक प्रतिष्ठान,एभरेस्ट नेपाल कल्चर ग्रुप,नेपाल नृत्य निर्देशक संघ,लालीगुराँस नेसनल एकेडेमी,आमा घर,ज्ञानकुन्ज उच्च मा.वि, मिडिया,पत्रकार,कलाकार, संगीतकर्मी, वाद्यवादक, नृत्य निर्देशकज्यूहरु, लगायत सम्पूर्ण नृत्यकारहरुलाई धन्यवाद समेत दिएका छन।
समारोहोलाई सम्बोधनगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरुको सम्मानगर्न पाउँदा गौरवान्वित महशुस गरेको बताउँदै नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन र विश्वभर चिनाउन स्रष्टाहरुको योगदान अविष्मरणीय रहेको बताए।
उनले सङ्गीत र नाट्य कला हाम्रो समाजको अभिन्न अङ्ग र भावी पुस्ताको लागि महत्वर्पूण सम्पत्ति रहेको बताउदै यसको संरक्षण र संवर्धनमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा समेत गरे।
प्रतिक्रिया राख्नुहोस्