भेलु बाजेको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दर्ता

भेलु बाजेको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दर्ता

प्यूठान,प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।
“प्रहरीमा निवेदन आएको छ,”प्रहरी निरीक्षक हुमानन्द खनालले भन्नुभयो,“ मान्छे पक्राउ परिसकेको छैन, अनुसन्धान शुरु भएको छ ।”
६३ वर्षीय भेलु बाजेको विहीबार बुलका ७ बजेर ४० बजे प्यूठान अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी सम्झना श्रेष्ठले जानकारी दिनुभयो । शरिरमा सामान्य चोटपटक देखिएको अस्पतालले जनाएको छ ।