सीता बि.क
प्युठान,जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका विभिन्न विधाका खेल सम्पन्न भएका छन्।
प्युठान नगरपालिका स्थित गणतान्त्रिक खेल मैदानमा शुक्रवार सम्पन्न प्रतियोगितामा आइतबार दिउँसो शिल्ड,कप,मेडल र प्रमाणपत्र वितरण गरिएको हो।राष्ट्रपति रनिङ शिल्डको अन्तिम नतिजा अनुसार प्युठान नगरपालिकाले लगातार तेस्रो पटक शिल्ड जित्दै ह्याट्रिक गरेको छ।
प्रतियोगितामा २८ स्वर्ण,१० रजत र ३ कास्य पदकसहित प्युठान नगरपालिका प्रथम भएको हो।
त्यस्तै प्रतियोगितामा ११ स्वर्ण,१२ रजत र २ कास्य पदकसहित स्वर्गद्वारी नगरपालिका दोस्रो भएको छ भने ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित गौमुखी गाउँपालिका तेस्रो भएको छ।
प्रतियोगितामा प्रथमलाई शिल्ड सहित,द्धितीय र तृतीय हुन सफल पालिकालाई ट्रफिक, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ।
लगातार तीन पटक नै बिजेता बन्न सफल प्युठान नगरपालिकाले रनिङ शिल्ड नै पच गरेको छ। प्रतियोगितामा जिल्लाका ९ वटा पालिकामा सम्पन्न विद्यालय तह स्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष धरम बहादुर जिसी, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष हुमलाल नेपाली,प्युठान नगरपालिकाका प्रमुख विष्णु योगी,उपप्रमुख देवेन्द्र वर्मा र झिमरुक गाउपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्