राम बहादुर बिश्वकर्मा
प्युठान,घरमा प्यारालाइसिस भएकी आमाको सेवा गर्न श्रीमतीलाई छाडेर कतार गएका प्युठान नगरपालिका वडा नम्बर -४ का २८ बर्षिय सोनु सुनार (सोमेश)कतार गएका थिए।
त्यहाँभन्दा धेरै कमाईका लागि परिवारलाई सूचना नदिइ रसिया गएका थिए । तीन महिनाअघि त्यहाँको सेनामा भर्ती भएका उनी पहिलो महिनाको तलब बुझेको खुशीयाली घरमा पुराउन नपाउदै युद्धग्रस्त युक्रेन र रुसमा भएको भीडन्तमा परी उतै अस्ताए।
सोनुका बुबा कालु सुनार भारतमा रोजगारीका लागि बस्ने गर्दछन् भने घरमा प्यारालाइसिस भएकी सोनुकी आमा,श्रीमती र ५ वर्षीय छोरा अनि उनका २२ वर्षका भाई मात्र रहेका छन् । सबै परिवारको मुख्य स्रोतका रुपमा रहेका सोनुको यो अप्रत्याशित खबरले परिवारलाई ठूलो बज्रपात आइलागेको र परिवारको मियो गुमेको उनका आफन्त तथा छिमेकीहरु बताउँछन्।
छोरोले कमाएर आउला र खुशी हुन पाइने कल्पना गरिरहेका बुवा अनि अशक्त आमाले उसको अनुहार पनि देख्न पाउनु भएन। ५ वर्ष पनि नपुगेका छोराले बुवाको अनुहार चिन्न पाएनन् ।
नेपालबाट वैधानिक रुपमा नगएकाले अहिले सोनुको मृत्यु भएपनि गृह मन्त्रालयले आधिकारिक खबरसम्म दिन सकेको छैन । सोनुका छिमेकी खगेश्वर थापाका अनुसार उनीसँगै गएको बर्दियाका साथीसँग आफू निरन्तर सम्पर्कमा रहेका र ती साथी पनि सो लडाईंमा घाइते भएर अस्पतलातमा उपचार गराइरहेका छन्।
‘नेपालबाट नगएर कतारबाट गएकाले यहाँ सरकारलाई घटनाबारे समयमा जानकारी हुने कुरा भएन, सँगै गएका ती साथीले लडाईंमा सँगै गएको र सोनुको मृत्यु भएको सुनाएका छन्, शव पनि क्षतविक्षत भएकाले अब ल्याउने नि कसरी भन्ने हो, उनी पनि घाइते भएर अस्पतालमा रहेछन्, उनको सुरक्षाका लागि हामीले नाम सार्वजनिक गरेका छैनौ’, थापाले भने ।
थापाका अनुसार सोनुको परिवार आर्थिक विपन्न रहेको र घरमा उनी आम्दानीको मुख्य स्रोतका रुपमा रहेका थिए । अब उनको शव ल्याउने विषयमा पनि समस्या भएको थापा बताउँछन् ।
उनीसँगै रसियाको सेनामा भर्ती भएर लडाईंमा घाइते भएका बर्दियाका साथीले अहिले सोनुको परिवार र छिमेकीलाई घटनाको खबरका विषयमा अपडेट गराइरहेका छन् ।
वडा नं ४ का वडाध्यक्ष रेशम कार्कीले रुस गएर त्यहाँको युद्धमा भाग लिन नेपाल सरकारले अनुमति दिएको छैन। तर भाइ कसरी रुस गए आफूलाई थाहा नभएको सुमनले सुनाए।‘कोमार्फत कसरी गए, केही थाहा भएन। के–के सपना देखेर गएको थियो थाहा छैन।केही समयअघि घटना भएको सुनेपनि आधिकारिक सूचना नआएको र परिवारमा थप समस्या भएको बताए।कार्की निराश सुनिए।
‘परिवार,छिमेकी सबैलाई सामाजिक सन्जालबाट सोनुको मृत्यु भएको खबर आएको छ,तर सरकारी निकायबाट यसको पुष्टि हुने केही सूचना आएको छैन’,उनले भने, ‘एकातिर घटनाको विषयले सुनारको परिवारमा समस्या छ भने अर्को कुरा कहिले, कसरी भयो र अब कसरी शव ल्याउने र अन्त्येष्टि कसरी गर्ने भन्नेमा अर्को तनाव छ ।’
यो घटनाले कार्किलाई मात्रै होइन,वडाभरी सन्नाटा छाएको छ।
‘सुनारको मृत्युको खबरले यसै विक्षिप्त छु,बुझ्न अनेक फोन आइरहेका छन्।म कसरी उनको परिवारको हालत बताऊँ?’,वडा अध्यक्ष रेशम प्रश्न गर्छन्।
प्यूठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले केही महिनाअघि रसियन सेनामा भर्ती भएका वडा नं ४ का सोनु सुनार लाई सामाजिक सन्जालमा श्रद्धाञ्जली लेख्दै परिबारजनमा समबेदना प्रकट गरेका छन। पैरवी अनलाइन सङ्ग प्रबक्ता श्रेष्ठ भने " ‘हामीलाई गृहले आधिकारिक खबर त केही पठाएको छैन, मृतकसँगै घाइते भएको भाइले खबर दिएर सूचना पाएको अवस्था छ,शव उहीँ नै छ भन्ने छ,अब वास्तविकता पत्ता लगाउन गृहलाई हामीले समन्वय गर्छौं।"
प्रतिक्रिया राख्नुहोस्