राम बहादुर बिश्वकर्मा
प्युठान,बहुमुखी सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभाका अवसरमा पैरवी अनलाइन डटकमका प्रकाशक सम्पादक राम बहादुर बिश्वकर्मा सहित विभिन्न व्यक्तित्व सम्मानित हुनुभएको छ।
पत्रकार राम बहादुर बिश्वकर्मालाई कार्यक्रम सन्चालक तथा कुशल सन्चारकर्मी सम्मानबाट पुरस्कृत गरियो भने सहकारीको असल कर्जा कारोबार तर्फ गोमा के सि,कमल बिष्ट,कृष्णा जि सि र बिमला परियार सम्मानित हुनुभएको हो।
त्यस्तै सहकारी स्थापना गर्न अग्रणी भुमिका खेल्नुहुने प्युठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्य सम्मानित हुनुभएको छ।
सहकारीले सस्थापक सचिब पितम के सि र जेष्ठ सदस्य सम्मान तर्फ बाट पिम प्रसाद अर्याल लाई सम्मान गरेको छ।बित्तिय कारोबार सङ्गै बिभिन्न सामाजिक गतिबिधिहरुमा सक्रियता देखाउदै आएको उक्त सहकारी सस्थाले प्युठान नगरपालिका वडा नम्बर ९ गुरिगाउ निवासी असक्त ब्यक्ति चोप बहादुर के एम लाई सहयोग स्वरुप ५ हजार ५ रुपैयाले आर्थिक सहयोग प्रदान गरेको छ भने अति बिपन्न तथा जेहेन्दार बिध्यार्थिलाई समेत स्टेसनरी र नगद प्रदान गरेको छ।
सहयोग पाउनेमा बिध्या भण्डार आधारभुत बिध्यालय धगेमा अध्ययनरत छात्रा बिपसा घ म र डिल्लेस्वरि प्रा बि सारिबाङ्गका छात्र हिमाल सुवेदी रहेका छन्।
साधारणसभाका अवसरमा सस्थाका अध्यक्ष माधव पराजुली,बचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेत, प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि,वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि ले आज उहाँहरूलाई संयुक्त रुपमा सम्मान गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेतले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भ मध्ये सहकारी भन्नका लागि मात्र नभई बास्तबिक अर्थतन्त्रको आधार स्तम्भ हुनुपर्ने बताउनुभयो।
सहकारीको माध्यम बाट जनताको जीविकोपार्जनमा टेवा पुर्याउनुपर्ने बताउँदै सहकारीले सीमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि अब शेयर सदस्यलाई पनि आत्मनिर्भर बनाउन तर्फ लगानी वृद्धि गर्दै श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ।’,उहाँले भन्नुभयो,‘सहकारी निति,विधि र प्रबिधी केन्द्रित हुन आबश्यक छ।
त्यसैगरी कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव शन्देस आचार्यले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो।
उत्पादन,रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उहाँले सुझाव दिनुभयो। ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ।जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ’,महासचिव आचार्यले भन्नुभयो।
संस्थाका अध्यक्ष माधब पराजुलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको हालसम्मको आयव्यय कोषाध्यक्ष मधुसूदन गिरीले साधारणसभामा सार्वजनिक गर्नुभएको थियो। संस्थाको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व १ करोड ८५ लाख ७८ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।
यस अवधिमा संस्थाको शेयर पुँजी ११ लाख १६ हजार छ भने कुल बचत निक्षेप १ करोड ४९ लाख ८७ हजार ५ सय ७३ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २० लाख १३ ९ सय ४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
कुल १ करोड ७३ ६८ हजार २२ रुपैयाँ ऋण लगानी गरेको सहकारी संस्थामा ८ सय ६२ जना शेयर सदस्य रहेका छन् ।
त्यस्तै संस्थाको कुल आम्दानी ५ करोड ६४ लाख २४ ३ हजार ३ सय ७७ रुपैयाँ ९५ पैसा पुगेको बहुमुखी बचत तथा ऋण सहकारीले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि,वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि,जिल्ला सहकारी संघका सदस्य माधब के सि,बाल बिध्या मा बि का प्र अ केशु गिरी,जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जि सि,पत्रकार बासुदेव गिरी,झिमरुक कृषि तथा पशुपन्छी सहकारी सस्थाका सदस्य केशव के सि बागेश्वरी बहुउद्देश्यीय महिला सहकारी सस्थाका उपाध्यक्ष सुमित्रा पराजुली लगायतले साधारणसभालाई सम्बोधन गर्नुभएको थियो।
सस्थाका सचिब पुर्ण बहादुर के सि ले बार्षिक प्रगति प्रतिबेदन प्रसस्तुत गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्