इलाम,इलाममा विद्यार्थीहरु बोकेर भ्रमणको लागि गएको बस दुर्घटना भएको छ।
धनुषाबाट भ्रमणका लागि इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार करिब पौने ५ बजे तिर इलामको रोङ गाउँपालिकाको किटेनीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले जानकारी दिनुभएको छ ।
दुर्घटना परेको ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । घाइतेमध्ये २६ जनाको झापास्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन्।सो दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ। उक्त बसमा ३७ जना यात्रु सवार रहेको जनाइएको छ।
Tags :
सम्बन्धित खवर
तरकारी बेचेर बार्षिक ५ लाख आम्दानी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्