सशक्त आन्दोलनको तयारीमा जुटे प्युठानका राहत शिक्षक,संघर्ष समितिको संयोजकमा खिमानन्द

सशक्त आन्दोलनको तयारीमा जुटे प्युठानका राहत शिक्षक,संघर्ष समितिको संयोजकमा खिमानन्द

सीता बि.क
प्युठान,नेपाल राहत शिक्षक आन्दोलन परिचालन संघर्ष समिति प्युठानको संयोजकमा खिमानन्द पोख्रेल चयन भएका छन।
नेपाल राहत शिक्षक जिल्ला संघको भेलाले पोख्रेल लाई नेपाल राहत शिक्षक आन्दोलन परिचालन संघर्ष समिति प्युठानको संयोजकमा चयन गरेको हो।अध्यक्ष खिमानन्द पोख्रेल,सचीव बिजय सागर गिरी,कोषाध्यक्ष पदम प्रसाद शर्मा,सदस्यहरु लोकेन्द्र जि सि,रामचन्द्र गिरी बिजय सागर गिरी,कुलराज पौडेल, सन्दीप पौडेल लगायत रहेका छन्।
नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति शनिबार पुण्यखोलामा बसेको भेलाले यस्तो निर्णय गरेको हो। जिल्ला समितिका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको भेलाले संघीय शिक्षा ऐनमा आफूहरूसँग सरकारले गरेका सम्झौताका बुँदा नसमेटिएकाले आन्दोलनका लागि तयार रहन समेत निर्देशन दिइएको छ।
सरकारले शिक्षा ऐनमा हाम्रो माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत हाम्रो पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको देखिएकाले सबै परिस्थतिको आकलन गरी सशक्त सडक आन्दोलनका लागि बाध्य बनाएको भेलाका प्रमुख अतिथी नेपाल राहत शिक्षक संघका केन्द्रिय सदस्य केशर बहादुर बस्नेतले बताए ।
आन्दोलन मार्फत सरकार लाई घुडा टेकाएरै छाड्ने चेतावनी दिन चाहन्छौं,उनले भने आन्दोलनलाई सार्थकता दिन आफुहरुको कुनै कसरत बाकी रहने छैन।"समितिले असोज ३ गते देखि काठमाडौमा हुने आन्दोलनमा अनिवार्य सहभागी हुने,शिक्षक महासघले समेत ब्यवास्था गरिएको अबस्थामा राहत शिक्षक संघर्ष समिति एकल तरिकाले भएपनी आन्दोलनमा उत्रने लगायतका निर्णय गरिएको संघले जनाएको छ।त्यस्तै भेलाले आन्दोलन परिचालन ब्यबस्थापन गर्न पदम प्रसाद शर्माको संयोजकत्वमा लुइस्याङ जि के सि,चन्द्र प्रसाद पोख्रेल सहितको आर्थिक समिति चयन गरेको छ।