सीता बि.क
प्युठान,नागबेली बहुउद्देश्यीय कृषी सहकारी सस्था लिमिटेड जुम्री मार्फत अव हाटबजार सञ्चालन हुने भएको छ।
किसानले उत्पादन गरेका स्वदेशी बस्तुको विक्रि वितरण गर्ने गरी उत्पादन देखि उपभोक्ता सम्म एकै थलोमा उपलब्ध गराउने उद्देश्यले प्रत्येक हप्ताको शुक्रबार हाट बजार सुरुवात गरिने भएको हो।
शुक्रबार एक कार्यक्रमका बीच प्युठान नगरपालिका का मेयर बिष्णु योगिले पानसमा बत्ती बालेर बजारको शुभारम्भ गरेका हुन्।
सहकारीका अध्यक्ष बिस्णु पाण्डेको अध्यक्षतामा भएको बजार शुभारम्भ कार्यक्रमका प्रमुख अतिथीती बिष्णु योगिले राज्यस्तरबाट स्थापना हुनुपर्ने कृषि बजार नीजि क्षेत्रबाट सञ्चालनमा ल्याइएको भन्दै त्यसमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
उनले भने–‘राज्यस्तरबाट स्थापना हुनुपर्ने बजार नीजि व्यवसायी अर्थात सहकारी मार्फत सञ्चालन हुनु आफैमा गौरवको विषय हो,यसमा हामी जहिले पनि सहयोगीको रुपमा रहन्छौ ।’
प्युठान नरपालिकाले उत्पादनमा आधारित अनुदान सहित किसानको उत्पादन बजारीकरणको कार्यक्रम ल्याएको जानकारी दिदै उनले त्यो कार्यक्रम संगै कृषि बजार जोडेर अगाडी बढाईने प्रतिवद्धता समेत जानाए।
अहिले किसानले उत्पादन गरेको प्रतिलिटर दुधमा १० रुपैयाँ अनुदान प्रदान गरेको जानकारी समेत दिए।
सबै कृषि गरिरहेका नागरिकलाई व्यवसायमा जोड्न आफूले काम गरिरहेको मेयर योगि बताउँछन्। ‘
तर,स्थानीय सरकारसँग सीमित बजेट र जनशक्तिमात्र हुने भएकाले चाहेजति काम गर्न नसकेको उनी बताउछन्।कृषि विकासको लागि तीनै तहका सरकारले योजनावद्ध ढंगले काम गरेमा किसान लाभान्वित हुन सक्ने उनको तर्क छ ।
उनी भन्छन्,‘नेपालको जस्तो परम्परागत कृषि प्रणालीले कृषक आत्मनिर्भर हुने अवस्था छैन।परनिर्भरतालाई चिर्न केन्द्रबाट नै नीति बनाउन आवश्यक छ। व्यावसायिक र प्रविधिमैत्री कृषि प्रणाली आजको आवश्यकता बनेको छ।’
कृषि उपज थोक बजारको औपचारिक शुभारम्भ नगरिए पनि व्यवसायीहरुले विगत १ बर्ष देखि विक्रि वितरण गर्दै आएको जानकारी दिदै अब किसानले उत्पादन गरेको कृषि सामाग्रीलाई संकलन गरेर बजारसम्म पुर्याउन नागबेली सहकारी सारथी बन्ने सहकारीका अध्यक्ष बिष्णु पाण्डेले पैरवी अनलाइन लाई बताए ।
‘किसानहरूले उत्पादन गरेका वस्तु घर दैलोमा नै व्यापारी आएर खरिद गर्न सक्दैनन्।विशेष गरी तरकारी,फलफूलहरू एक ठाउँमा भण्डारण गरिदिने चिस्यान केन्द्रको स्थापना गर्ने योजना छ। जहाँ व्यवसायी आएर तोकिएको मूल्य अनुसार कृषि सामाग्री खरिद गर्न सक्छन्’ उनले भने।
विचौलियाहरूको कारण किसानहरूले सोचेजस्तो आम्दानी गर्न नसकेकाले विचौलियाको अन्त्य गर्न यस्तो अवधारणा ल्याइएको सहकारीले जनाएको छ। बजार र किसानलाई जोड्ने पुलको रुपमा सहकारीले काम गर्नेछ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले जिल्लाकै नमुना बजारको रुपमा नीजी क्षेत्रका व्यवसायीहरुको पहलमा स्थापना भएको हाट बजारले जिल्लाका व्यवसायी र उपभोक्ताहरुलाई जोड्ने काम गरेको बताए।
उनले निकट भविश्यमा यस क्षेत्रको किसानको आय आर्जन तथा बित्तिय बिकासमा यसले महत्पूर्ण भूमिका खेल्ने विस्वास ब्यक्त गरे।
किसान र उपभोक्ताका विचमा उक्त हाट बजार एउटा कोशेढुंगा सावित हुने उनको तर्क छ।
प्रतिक्रिया राख्नुहोस्