प्युठान,प्युठानको गर्जेनीमा खसेको सुख्खा पहिरो हटाउने काम आजलाई स्थगित भएको छ।
माथीबाट निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय देविस्थानका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीले जानकारी दिए।'मेसिनले सडक सफा गर्ने काम गरेपनी आज खुलाउन संभव भएन।'उनले भने,' पहिरो झरिरहेकाले सफा गर्न कठिन भयो।'
थप मेसिनको सहायताले भोलि बिहानैबाट पहिरो हटाउने काम गरिने प्रहरी नायव निरीक्षक केसिले बताए।
उनका अनुसार सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।
गर्जेनी पहिरोले बुधबार राती करीव १० बजेदेखि प्युठान भालुबाङ सडक अबरुद्ध छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्