नेपाल पत्रकार महासंघ प्युठान शाखा द्वारा सदस्य शुद्धिकरणका लागि कार्यदल गठन

नेपाल पत्रकार महासंघ प्युठान शाखा द्वारा सदस्य शुद्धिकरणका लागि कार्यदल गठन

राम बहादुर बिश्वकर्मा

प्युठान,नेपाल पत्रकार महासंघ प्युठान शाखाले सदस्य शुद्धिकरणका लागि कार्यदल गठन गरेको छ।अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा शनिबार बसेको बैठकले कार्यदल गठन गरेको हो । 
शाखाका पुर्ब अध्यक्ष सुशील पोख्रेलको संयोजकत्वमा गठित कार्यदलमा पुर्ब अध्यक्षहरु इमानसिह भारती र गिरु प्रसाद भण्डारी सदस्य छन् । 
कार्यदललाई जेठ २२ गते सम्ममा मापदण्ड अनुसार नवीकरण हुन नसक्ने सदस्यको नामावली कारणसहित तयार गरी कार्य समितिमा पेस गर्ने गरी जिम्मेवारी दिइएको छ।बैठकले पत्रकारितामा क्रियाशील नरहेका, राजनीतिक दल तथा पूर्णकालीन अन्य पेशा,व्यवसायमा रहेका सदस्यलाई सदस्यता त्यागको स्वघोषणा गर्न समेत शाखाले आह्वान गरेको छ ।
नेपाल पत्रकार महासघ केन्द्रिय समितिले तयार गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई सम्वोधन र आत्मागत गरि मुर्तरुप दिन पत्रकार महासंघ जिल्ला शाखा प्युठानले सदस्यता शुद्धिकरण प्रक्रिया अघि बढाएको शाखाका सचिब प्रकाश बैद्दले जानकारी दिनुभयो ।
प्रेस जगत तथा श्रमजीवि पत्रकारहरुको नेतृत्व गर्ने पत्रकार महासंघको साख र गरिमा उँचो राख्दै पत्रकारिता क्षेत्रलाई उत्तरदायी,जवाफदेही र मर्यादित बनाउन सुदृढिकरणसँगै शुद्धिकरण अहिलेको टड्कारो आवश्यकता रहेको सचिब बैद्दको भनाई छ।
पहिलो चरणमा निर्वाचित जनप्रतिनिधि,निजामति कर्मचारी,राजनीतिक दलका पदाधिकारी,लामो समयदेखि विदेश वा निष्क्रिय रहेकाहरुको सदस्यता शुद्धिकरण गर्ने भनिएको छ।