दाङ । जलजला ऋण तथा सहकारी संस्था १३ औ बर्षमा प्रबेश गरेको छ । सहकारी संस्था १३ औ बर्षमा प्रबेश गरेको अबसरमा संस्थाले रक्तदान तथा बिपन्न समुदायलाई सहयोग प्रदान गरेको छ । स्थापना दिवसका अबसरमा १३ जनाले रक्तदान गरेका छन् । त्यस अबसरमा दाङ बचतका अध्यक्ष अञ्जन कुमार पौडेल,सहकारीका सल्लाहकार कृतिमान पुन, सुरज बुढा, बिजय पून,मालबहादुर रोका , पदम प्रसाद बुढा,अञ्जली पुन, मेलिना रोकाले रक्तदान गर्नु भएको थियो यस्तै बैनसरी बुढा,टिका गुरुङ, पशुपति गरिी,भिमकुमारी पुन,यशोदा रावतले रक्तदान गरेको संस्थाका अध्यक्ष दिलकुमारी बुढाले जानकारी दिनुभयो । यस्तै स्थापना दिवसका अबसरमा विपन्न समुदायका ५ जनालाई न्यानो कपडा र खाद्यान प्रदान गरिएको छ । घोराही उप–महानगरपालिका वडा नं १८ का भानमति पुन,वडा नं। १४ का राजिवसापकोटा,नारायण सुनार, दिवाकर पाण्डे र वडा नं। १३ का दिलकुमारी घर्तिलाई प्रदान गरिएको थियो । स्थापना दिवसका अबसरमा बोल्दै दाङ बचतका अध्यक्ष अञ्जनकुमार पौडेलले आर्थिक विकासका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने वताउँनु भयो । कार्यक्रममा नेपस्कुन बेदप्रसाद भट्राई ,नेपाल रेडक्रसका प्रमुख दिलिप न्यौपाने,बराह बचत तथा ऋण सहकारीका सचिव मुक्तबुढा,गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका लक्ष्मी अधिकारी करुणा बचत तथा ऋण सहकारीका ईश्वर बादी,लगाएतले बोल्नु भएको थियो । संस्थाका अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षता तथा घोराही उप–महानगरपालिका वडा नं। १४ का अध्यक्ष शक्तिराम डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्