गुणस्तरीय स्वास्थ्य आम नागरिकको अपरिहार्य आबश्यकता बन्नुपर्छ : नगर प्रमुख श्रेष्ठ 

गुणस्तरीय स्वास्थ्य आम नागरिकको अपरिहार्य आबश्यकता बन्नुपर्छ : नगर प्रमुख श्रेष्ठ 

अनिल नेपाली 
अर्घाखाँची,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले गुणस्तरीय स्वास्थ्य आम नागरिकको प्रमुख र अनिवार्य आबश्यकताकाे बिषय बनेको  बताउनुभएकाे छ सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकाेट स्वास्थ्य चाैकीकाे शिलान्यास गदै श्रेष्ठले यस्तो बताउनुभएको हाे । नगर प्रमुख श्रेष्ठले हरेक नागरिकको बिशेष चासो बिषय बनेको स्वास्थ्य लाई घरदैलोमा ल्याएर प्रत्येक नागरिक लाई सेवा दिनु राज्यको कर्तव्य रहेकाे बताउदै स्वास्थ्य शिक्षा लाई राज्यले निशुल्क र सर्वशुलभ रूपमा उपलब्ध गराउनुपर्ने बताउदै निर्माण व्यबसायीलाई गुणस्तरीय काम गर्नेका लागि आग्रह समेत गरे कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले हरेक नागरिक स्वास्थ प्रति सवेदनशील जिम्मेवार रहदारहदै पनि अनावश्यक रूपमा खर्च भएकोले त्यसलाई न्युनिकरण गर्नकाे लागि राज्यले घरदैलोमा सेवाकाे सुरुवात गरेर नागरिक लाई सेवा दिनुपर्ने बताए । निर्माणकाे जिम्मा खनाल कन्ट्क्सन निर्माण कम्पनीले लिएको छ । निमार्ण कम्पनीले अर्घाखाँची लगायत छिमेकीको जिल्लामा समेत गुणस्तरीय काम गदै आएको छ कम्पनीले २०८१/२/ ०७ सम्पन्न गर्ने गरि नगरभित्रका वडा न ७ ,८, ११ मा स्वास्थ भवन निर्माणकाे जिम्मा लिएको छ। कार्यक्रममा वडा न ७ का अध्यक्ष चुरा ब केसि वडा सदस्य महिला स्वयमसेविका जग्गादाता ,बुद्धिजीवी ,स्थानिय अगुवा समाजसेवी लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे । कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले गनुभएकाे थियोे।