प्यूठान,जिल्ला अस्पताल प्यूठानको अध्यक्षमा विजयविराज विष्ट नियूक्त भएका छन् । विष्ट नेकपा एमाले प्यूठानका अध्यक्ष समेत हुन् । लुम्विनी प्रदेश सरकारले चैत २८ गते विष्ट सहित अस्पतालको व्यवस्थापन समिति सदस्यमा राधिका खड्कालाई पनि नियूक्त गरेको हो ।
यसअघि नियूक्त भएका पित बहादुर एमसी झिमरुक गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अस्पताल व्यवस्थापन समितिको नेतृत्व एक वर्ष भन्दा बढी समय रिक्त थियो । लामो समयदेखि राजनीतिमा सक्रिय विष्ट एमालेको विद्यार्थी राजनीतिहुँदै जिल्ला पार्टी नेतृत्वमा पुगेका हुन्।
प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी उनी विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन्।विष्टको नियूक्तीले खस्किदै गएको जिल्ला अस्पतालको अवस्था सुधार हुनेमा जिल्लाबासीले आशा व्यक्त गरेका छन् ।
Tags :
सम्बन्धित खवर
नेपाल लाेकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा थापा
११ महिना अगाडि
दुषित पानी खान बाध्य बिजुवारबासी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्