डिजिटल पत्रकारिताको माध्यमबाट समाजलाई सकारात्मक रुपान्तरण गर्ने समाचार प्रवाह हुनुपर्छ : नगर प्रमुख योगि 

डिजिटल पत्रकारिताको माध्यमबाट समाजलाई सकारात्मक रुपान्तरण गर्ने समाचार प्रवाह हुनुपर्छ : नगर प्रमुख योगि 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका नगरी प्रमुख बिष्णु योगीले नेपाली परम्परागत मिडियाले नयाँ पुस्ताको चाहना,आवश्यकता र रुचि अनुसार अगाडि बढ्न नसक्ने  बताउनुभएको छ। 
प्युठान नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासघ जिल्ला शाखा प्युठान द्वारा शुक्रबार  जिल्लाका सञ्चारकर्मीहरुका लागि बिजुवारमा आयोजित डिजिटल पत्रकारिता तालीमको उद्घाटन गर्दै योगिले यस्तो बताउनुभएको हो।

पछिल्लो समय यता इन्टरनेटको विकास भए संगै सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ,उहाँले भन्नुभयो"-प्रविधिको प्रयोगले पत्रकारितालाई प्रतिस्पर्धी बनाएको छ सोही अनुसार समाजलाई सकारात्मक रुपान्तरण गर्ने सूचना र समाचार प्रवाहतर्फ पत्रकारको जिम्मेवारी हो।"
साथै नयाँ प्रबिधिले चुनौती र अवसर दुबै दिएको भन्दै प्रबिधिसंग जोडिदै बिश्वसनिय सूचना प्रबाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले डिजिटल पत्रकारिताले जनताको पहुँच बढाएको भन्दै पत्रकारिता र सञ्चार माध्यमको गुणस्तर विकास गर्नका लागि यस्ता तालिम पत्रकारका लागि उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो।

पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन जिल्लामा क्रियाशिल पत्रकारको क्षमता विकास गर्ने उद्देश्यले जिल्लाका पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको शाखाका सचिब प्रकाश बैद्दले जानकारी दिनुभयो।
पत्रकार रामजी दाहाल र मनिष पौडेलले डिजिटल पत्रकारिताका बिबिध पक्षमा तालिम दिनुहुनेछ। यो तालिम आइतबार सम्म सञ्चालन हुनेछ ।
तालीम उद्घाटन कार्यक्रममा पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी,सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंहले शुभकामना मन्तव्य राख्नुभएको थियो।
शाखाका अध्यक्ष सन्जय रिजालको अध्यक्षता,उपाध्यक्ष राधिका भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब प्रकाश बैद्दले गर्नुभएको थियो।