प्युठान उद्योग बाणिज्य संघको आयोजनामा आउदो फाल्गुन ४ गतेबाट गणातान्त्रीक खेल मैदान बिजुवारमा ५ औँ प्युठान महोत्सव हुदैँ छ। यस महोत्सवको औचित्य,महत्व तथा तयारीका विषयमा पैरवी अनलाइनका प्रकाशक/सम्पादक राम बहादुर बिश्वकर्माले संघका अध्यक्ष पशुपतिनारायण नकर्मी सँग गरेको कुराकानीको संम्पादित अंश :
१) प्युठान उद्योग बाणिज्य संघले प्युठान महोत्सव किन गर्न लागेको हो ?
प्युठान उद्योग बाणिज्य संघले २०६५ साल देखि स्वर्गद्वारी महोत्सव सन्चालन गर्दै आईरहेको कुरा सबैलाई अबगत नै छ उद्योग बाणिज्य संघको कार्यक्रम अनुसार मेला महोत्सव लगाउदै आएका छौ महोत्सवको मुख्य उद्देश्य भनेको प्युठान जिल्लामा उत्पादन भएका उत्पादित जिल्ला उत्पादनहरु सित क्रेता र बिक्रेता लाई एकै ठाउमा जोडेर स्थानीय उत्पादनलाई सामन खरिद बिक्री र स्थानीय उत्पादन लाई प्राथमिकता दिने हिसाबले यो महोत्सवको उद्देश्य रहेको छ।मलाई लाग्छ यो महोत्सवले सफलता मिल्ने छ भन्ने बिश्वाश गरेका छौँ ।
२) बिगतका महोत्सवमा भन्दा यसवर्ष नयाँ के छ ?
बिगतमा भएका महोत्सवमा भएका कमि कमजोरी छुटेका कुरा लाई समेटेर यो महोत्सवमा हामी केही नयाँ पन दिने छौँ ।
३)अहिले त जस्तासुकै संघसंस्था,विभिन्न समूहहरुले मेला महोत्सव गर्ने,आयोजकले मुनाफा कमाउने,यहाँको पैसा बाहिर पठाउने प्रपञ्च निकै चलेको छ।प्युठान महोत्सव बाट यहाँका ब्यापारी ब्यवशायीले के कस्तो फाईदा लाभ पाउँछन् ?
मेला महोत्सव सङ्ग सम्बन्धित अत्यन्तै सान्दर्भिक प्रश्न उठान गर्नुभएको छ कुनै ब्यक्ती र समुहले लाउने मेला अत्यन्तै फरक हुन्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । किन भने ब्यक्ति बिशेष र समुहले लगाउने मेला भनेको सिमित स्वार्थ भएको रहेको हुन्छ भने संघ सस्थाले लगाउने मेला भनेको सामुहिक स्वार्थ रहेको हुन्छ समाजलाई परिबर्तन लगाउने गरिन्छ भने जस्तो उद्योग बाणिज्य संघले बिगतमा कुनै उद्देश्यले लगाएको थियो भने फाल्गुन ४ गते देखि लगाउदै गरेको मेलामा हामीले निश्चित उद्देश्य जुन मेला महोत्सव गर्ने स्थल खेलकुद मैदान सधै निरन्तर रुपमा मेला महोत्सव लगाउदा त्यो खेलकुद मैदान र खेल्ने खेलाडी भाइबहिनीहरुलाई डिस्टब हुन्छ भन्ने हिसाबले अबको दिनमा आउने मेलाहरुहामी खेलकुद मैदानमा नगरेर हामिले निश्चित उद्देश्यका साथ पर्दशनी स्थापना गरि सोही स्थानमै मेला महोत्सव लगाउनुपर्छ भन्ने उद्देश्यका साथ त्यही स्थानमा ब्यबस्थित बाणिज्य शभा हल र प्रदर्शनी शभाहल पनि निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामिले यो मेला महोत्सव लगाएका हौं ।निश्चित रुपमा भोलिका दिनमा प्युठान जिल्लामा हुने कुनै पनि शभा सम्मेलन यी सम्पुर्ण कुराहरुमा जुन प्युठान उद्योग बाणिज्य संघले जुन उद्देश्य लिएको छ केही न केही रुपमा अभाव खड्किन दिने छैनौं भन्ने कुरा बिश्वास गरेका छौँ ।
४)बिगतका मेला,महोत्सवहरुमा बाल उद्यान र कलाकारमा धेरै खर्च हुने परम्परा छ । यो खर्चलाई कटौती गर्न सकिँदैन ?
यो बिषयमा हाम्रो कार्यसमिति अथवा उद्योग बाणिज्य संघको टिम अत्यन्तै गम्भीर भएका छौँ हामिले निश्चित उद्देश्य प्राप्तिका लागि यो मेला महोत्सव लगाउदै गर्दा हामिले यसबाट हुने चुहावटहरुदेखी लिएर बाल उद्दान का कुराहरू कलाकारिताका कुराहरुलाई कति सकिन्छ त्यसलाई न्यूनीकरण गरेर हुने आमदानीमा बढबा दिन सकिन्छ भन्ने कुरामा हामी लागेका छौँ र यसलाई विशेष गरेर राष्ट्रिय स्तरका कलाकार हरुलाई ल्याउने बाध्यता पनि हो किन भने मेलाको आकर्षण भनेको नै त्यही हुने हुन्छ त्यसले गर्दा अलिकति त्यसलाई कटौती गरेर जिल्लाका प्रतिभा भएका कलाकारहरुलाई बढी भन्दा बढी अबसर दिएर मेलाको आकर्षण बढाउनुपर्छ भन्ने मान्यतामा हामिले लिएका छौँ जसले गर्दा आर्थिक कटौती हुन सक्ने आशा गरेका छौँ बाल उद्दानका लागि हामी बाध्यता छ ती सम्पूर्ण सामानहरु हामी सङ्ग उपलब्ध हुन नसक्ने भएका कारणले ती खर्चमा पनि सकेसम्म कटौती गर्ने भन्ने कुरामा अगाडि बढिरहेका छौँ।
५) ब्यापार ब्यवशायको प्रवद्र्धनमा भन्दा पनि रामरमितामा महोत्सव केन्द्रित हुने गर्छ भन्ने आरोप छ यस वर्षको महोत्सवबाट संघको अपेक्षा कस्तो छ ?
व्यापार ब्यसायलाई हामिले पहिलो प्राथमिकतामा राखेका छौँ भने स्थानीय स्तरमा उत्पादन हुने सामाग्री हरुलाई स्थानीय सरकार बाट जुन खालको सिफारिस सहित आउने उत्पादन लाई स्टल फ्री गराएर उहाँहरुलाई सहयोग गर्नुपर्छ भन्नेकुरामा लागेका छौँ।र स्थानीय स्तरका ब्यबसायी हरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ प्युठान उद्योग बाणिज्य संघमा आबद्ध ब्यबसायीहरुलाई पनि बढी भन्दा बढी सहभागी गराएर स्टल शुल्कमा पनि २५ प्रतिशत छुट दिएर त्यो आकर्षण दिएर कसरी हुन्छ स्थानीय उत्पादन लाई बढी प्राथमिकता दिनुपर्छ भन्ने मा हामी दृढ छौँ ।
६)महोत्सव मार्फत कति आम्दानी खर्च कति हुने अनुमान गर्नुभएको छ र कसरी स्रोत जुटिरहेको छ ?
बिगतको अनुभव लाई मध्यनजर गर्दै यो बर्षको महोत्सवमा १ लाख दर्शक लाई भित्राउन सक्छौ र उहाँहरुलाई बजारमा सहभागी गराउन सक्छौं भन्ने बुझेका छौँ यसमा १ लाख दर्शक भित्राउदै गर्दा महोत्सव भित्रको जम्मा कारोबार ८ करोड बाराबरको कारोबार महोत्सव अबधिभर हुन्छ भन्ने अपेक्षा लिएका छौँ । यसरी गर्दा बर्तमान अबस्थामा देशको आर्थिक चलायमान कम भएको अबस्थामा यसले ठूलो टेवा दिन्छ भन्ने हामिलाई लागेको छ ।
७)महोत्सवमा स्टल कती संख्यामा रहने छन ? कुनै प्रकृतिका स्टलमा नि शुल्क तथा छुटको ब्यबस्था पनि छ कि ?
यसमा बिशेष गरेर पालिका स्तरमा उत्पादित सामाग्रीहरुलाई प्राथमिकता दिने कम्तिमा एउटा स्टल प्रतेक पालिका बाट आउने ब्यसायी हरुलाई प्रदर्शन गर्न स्थानीय उत्पादन लाई प्रोत्साहन गर्नका स्टल फ्री गर्ने निर्णय भएको छ।बाकी स्टलहरुमा फेन्सी कपडा,होटल ब्यबसायीहरु,कृषि उत्पादन अथवा प्रतेक पालिका जु जुन स्थानीय उत्पादन हुन्छ्न ती सामाग्री हरुलाई बढी बढी भन्दा बढी प्रर्दशनी स्थलमा लिएर उक्त ठाउँको पहिचान बढाएर ती सामाग्री हरुलाई प्रोत्साहन गर्ने भनेर लागेका छौँ।पक्कै पनि यो महोत्सवले मद्दत मिल्नेछ भन्ने हामिलाई लागेको छ।
८)महोत्सव जताततै भएका छन् । यो बेला प्युठानमा भएको महोत्सव हेर्न अन्यत्रका मानिस किन आउने ?
प्युठानमा महोत्सव सन्चालन हुँदै छ महोत्सव हेर्न प्युठानमै जानुपर्ने किन भन्ने प्रश्नमा प्युठानको पहिचानको लागि बाहिर बाट आउने दर्शकका लागि मात्र नभएर प्रदेशमा रहेका धार्मिक तथा पर्यटकिय स्थल चिनाउनका लागि पनि यी महोत्सवले मद्दत गर्छ र जिल्लामा कुन स्थानमा पर्यटकिय स्थल छ कहाँ धार्मिक स्थल छन बजारको अवस्था कस्तो छ यी सबै कुराको पहिचान गराउने उद्देश्यले यो महोत्सव राखेका हौं यहाको प्रमुख कुरा स्वर्गद्वारी प्रसिद्ध धार्मिक स्थल हो भन्ने चिनाउन प्रदर्शनी स्थलमा डकुमेन्ट्री प्रस्तुत गरिने छ।
९) महोत्सवको तयारी के–के भइरहेको छ ? कति मानिसले अवलोकन गर्छन् भन्ने अपेक्षा छ ?
करिब २० वटा उपसमिति सबै समितिले आ अफ्नो बिषयगत तयारी गरिरहेको अबस्था छ। उक्त उपसमिति बाट लिएको रिपोर्ट अनुसार सबै कामको तयारी करिब करिब पूरा भइरहेको र अब २,३ दिन सम्म बाकी रहेका काम पूरा हुने छन्।
१०) अन्त्यमा ब्यापारी ब्यवशायी एवं जिल्लाबासीलाई तपाईको केही भन्नु छ ?
हामिले निरन्तर रूपमा २०६५ साल देखि संघ सन्चालन गर्दै आएको प्रतेको महोत्सबमा एउटा उद्देश्य लिएर अगाडी बढिरहेका छौँ यहाँहरु सबैको साथ र सहयोगले सफलता पुर्ण सम्पन्न गर्दै आएका छौँ । पुर्ण रूपमा हामी सफल छौँ भनेर भन्दैनौ किनभने सबै कुरा कहिले पनि पुर्ण हुँदैन प्रतेक बर्ष हुने महोत्सव परिमार्जन सहित जाने गर्दछ भएका केही कुराहरुलाई परिमार्जन गर्दै बाणिज्य शभा हल र प्रदर्शनी स्थल निर्माण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको छ यहाँहरु महोत्सवमा प्रदर्शन गरेका कुराहरु हेर्न आउन सबै जिल्ला तथा लुम्बिनी प्रदेश बाशी लाई अनुरोध गर्दछु।
प्रतिक्रिया राख्नुहोस्