किसानका समस्या बुझ्न खेतबारीमै पुग्छन्,वडा अध्यक्ष श्रेष्ठ 

किसानका समस्या बुझ्न खेतबारीमै पुग्छन्,वडा अध्यक्ष श्रेष्ठ 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले किसानकै बारीमा पुगेर किसानका समस्याहरू बुझेका छन् ।
कृषि फार्म सन्चालन गरेका किसानहरूका समस्याहरू बुझ्दै प्युठान नगरपालिका वडा नं.- ३ स्थित सुन्दर गाउँ रातामाटाका लोकराज पोख्रेल,तुल्सिराम पोख्रेल,कमला पन्थी र मुक्ति पोख्रेलको कृषि फर्मको श्रेष्ठले शनिबार अवलोकन गरेका हुन् ।अबलोकनको क्रममा उनी भन्छन् -"कृषि फर्ममा पुगि सरसल्लाह र सिकाइ अनुभब आदानप्रदान गर्ने मौका मिल्यो। कृषि उत्पादन नै देश बिकासको मेरुदण्ड भएको बताउदै रोजगारीका लागि युवाहरू विदेश पलायन हुँदै गएका बेला गाउँमै केही गर्न सक्ने र युवाहरूलाई यहीँ रोक्न प्युठान नगरपालिका लागि परेको श्रेष्ठको भनाई थियो।किसानहरूको मिहिनेतलाई खेर जान नदिन प्युठान नगरपालिकाले कृषिमा अनुदान दिँदै आएकाले कोही पनि युवा विदेश जानु नपर्ने बताउँदै युवाहरूलाई कृषि क्रान्ति गर्नसमेत उनले आग्रह गरे।

उत्पादनमुखी अनुदान

उत्पादन  वृद्धि गर्न, किसानलाई आत्मनिर्भर बनाउन तथा निर्यात प्रवद्र्धन गर्न कृषक सम्मान,उत्पादनका आधारमा अनुदान प्रदान गर्ने नगरपालिकाको योजना रहेको छ” उनी भन्छन्, “गाउँमै केही गर्न जोस, जाँगर भएका तर न्यून आए भएका युवालाई कृषिमा आकर्षण गराउने उद्देश्यले मासु पसल सुधार कार्यक्रम, भकारो सुधार कार्यक्रम, साना सिचाइ सुधार कार्यक्रम, नया कृषक लक्षित कार्यक्रम, किसानहरुका निम्ति तालिम सन्चालन गरिएको छ।"
जसले गर्दा युवाहरूलाई कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार आउने श्रेष्ठको धारणा थियो । पहुँच र शक्तिका भरमा किसानहरूले कृषिमा अनुदान पाउने तर सोझा कृषि गरिरहेकाले राज्यबाट दिने कृषिमा अनुदान पाउन नसकेको गुनासो किसानहरूले गर्दै आएका छन् ।
किसानहरूका गुनासालाई सम्बोधन गर्दै प्युठान नगरपालिकाका प्रबक्ता समेत रहेका श्रेष्ठले अब त्यस्तो हुन नदिन आफैँ किसानको घरमा होइन,खेत बारीमै पुगेर अवलोकन गर्ने र मात्र अनुदान दिइने बताए । 
किसानहरूले गरेको मिहिनेतलाई नगरपालिकाले खेर जान नदिने र थप ऊर्जा प्रदान गरेर व्यावसायिक किसान बनाउने योजनाको तयारी भएको श्रेष्ठले जानकारी दिए।