कर्मचारी तन्त्र र बर्तमानको फोहोरी राजनीतिले तासको घर झैँ,गर्ल्यामगुर्लुम ढल्यो रबिको सपना

कर्मचारी तन्त्र र बर्तमानको फोहोरी राजनीतिले तासको घर झैँ,गर्ल्यामगुर्लुम ढल्यो रबिको सपना

पुष्कर श्री शर्मा 
प्युठान नगरपालिका-२ क्वाडी प्युठान 


गृहमन्त्री रबि लामिछाने लाई अनसिन रुपमा नेपाल सरकारको गृहममान्त्रालयले हटाएको हो,न्यायाधीसहरुले त केबल गृहममन्त्रालयको स्पष्टीकरणको श्रोतको आधारमा फैसला गर्न सहयोग मात्र  गरेको हो।पछिल्लो समय रबि र गृह प्रशासन बिच शीत युद्ध जस्तो चलिरहेको थियो। 
नागरिकता सम्बन्धिको विवादमा गृहप्रशासनले चाहेको भए जसरी पनि मिलाउन सक्थ्यो,नागरिकताको ताला चाबी सबै गृह संगनै हुन्छ,त्यो आधी घन्टाको मात्रै कुरो हो,किनकि नेपालमा नेताहरुले असम्भवलाई  पनि रातारात सम्भव बनाएका हुन्छन ।
यी सबै कुराहरु हिजो आजका होइनन,अगाडि देखीनै एकथरि बौद्धिकहरुले रबिको नागरिकता प्रकरण सम्बन्धि आजको परिणाम  हुने संभावना अनुमान गरिसकेका थिए,यदि रबि राजनीतिक रुपमा परिपक्व भएको भए यी  सबै चुनौतीहरुलाई समाधान गरेर जाने सम्भावना पहिले पनि रहेछ रबिमा मात्र ओभर कन्फीडेण्ड,घमण्ड,अपरिपक्व, दिनप्रतीदिन बढदै गयो,हिजो हजारौं प्रश्न गरेर जनताको लोकप्रिय त भए तर आज हजारौंले उनिलाई प्रश्न गर्दा अनुत्तीरित भए,गृहप्रशासनलाई उनी राम्रो सङ  बुझ्न सकेनन।

अन्तत रबिलाई  सर्बोच्चको निउमा बिग्रेको कर्मचारी तन्त्र र बर्तमानको फोहोरी राजनीतिले तासको घर झै केही नरहने गरि भत्काइदियो ।
रबि राजनीतिक रुपमा अपरिपक्वताकै कारण यो परिणाम आएको हो जस्तो लाग्छ,यदि रबि गृहमन्त्री नभएर अन्य कुनै मन्त्री भएको भए सायद यो केस तत्काल यस्तो नहुन पनि सक्थ्यो,त्यतिन्जेल उनले भित्रीरुपमा सबै चाजो पाजो(नेता कर्मचारी) मिलाएर साझा रुपम कामगर्न सकेको भए उनको भविस्य उज्ज्वल हुनसक्ने सम्भावना प्रसस्त थियो ।

 

यदि रबि ई सबै समस्याको समाधान गरेर फेरीपनि राजनीति मैदानमा  हिंडेपनी उनिफेरि पनि यसै गरि ढल्छन र ढालिन्छन किन कि उनी सबैलाई दोषी देखाएर  चकाचक परिवर्तन गर्ने दिवा सपना देखेका छन,अहिलेको स्थितिमा हाम्रो देशमा यो सम्भावना छैन,अबको सम्भावना भएनकै जस्तो जस्तो देउता उस्तै उस्तै पुजा भने जस्तै जस्ता जस्ता अहिलेका नेता तथा कर्मचारी छन त्यसै त्यसै गरेर अप्रत्यक्ष रुपमा बिस्तारै  इनिहरुको अंग प्रत्येक अंगहरु लाई कमजोरी पारेर अन्तिममा आफै ढल्ने स्थिति पार्न सक्ने हो भने इमानदार र देशभक्त मानिस स्थापित हुन सक्छ।

तर रातारात देश परिवर्तन गर्छु, भ्रष्टाचारिलाई समाप्त पार्छु,न्याय सुशासन स्थापित गर्छु,भन्नू तासको घर जस्तै हो जसरी रबि ढले त्यसरी नै सबै रबिहरु ढल्ने स्थिति आउँछ।


त्यसैले देशमा परिवर्तन खोजेकाहरु हामी  सबै सक्तीहरु अहिले इनिहरु ( कर्मचारी, नेता ) जस्तै अलि अलि चोर जस्तो  बनौ,भ्रष्टाचारी जस्तै बनौ,अनियमितता गरे जस्तो गरौ,जसो जसो इनि गर्छन त्यसो त्यसो हामी गरौ तर भित्र भित्र देश लुट्ने लुटेराहरु लाई कम्जोर कमजोर बनाउदै जाउ,हामीहरु शक्तिशाली हुँदै हुँदै  जाउ ,अनि केही समय पछि यो देशमा धेरै राम्रा थोरै नराम्रा हुनेछन, अनिमात्र हामीले चाहे जस्तो अहिले रबिले भने जस्तो रातारात जस्तो सुकै परिवर्तन गर्न सक्ने छौ । 
धन्यवाद