प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी,प्रहरीले सकेन चोर पत्ता लगाउन 

प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी,प्रहरीले सकेन चोर पत्ता लगाउन 

बासुदेव गिरी
प्यूठान,झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारमा सोमवार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ।घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्।उनको मुखमा नशालु पदार्थ (स्प्रे) छरी बेहोस बनाएर ८ तोला सुन,तीन लाख रुपैयाँ नगद,एक थान टिभी,ल्यापटप, मोबाइल,चोरी भएको छ। टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए।अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए।पदम सहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए।संगिता घरमा चिच्याएपछी स्थानयले चोर पसेको जानकारी पाएका थिए।उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।जिल्लामा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपनि प्रहरीले अहिलेसम्म एक जना पनि चोर पत्ता लगाउन सकेको छैन् ।