राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले सार्वजनिक शिक्षाको स्तर उकास्न अभिभावक बढी सचेत हुनुपर्ने बताउनुभएको छ।
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित बाल बिध्या माध्यमिक विद्यालयको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष के सि ले विद्यालयको शैक्षिक गुणस्तरसँगै भौतिक तथा आर्थिक अवस्था स्तर माथि उकास्न अभिभावको भूमिका महत्वपूर्ण रहने बताउनुभएको हो।
विद्यालयको उन्नती प्रगतिमा विद्यालयका शिक्षक,कर्मचारीसँगै स्थानीय अभिभावको चाँसो र चिन्तन अनिवार्य हुनुपर्छ उहाँले भन्नुभयो,‘हरेक चीजको निर्माणका लागि सकारात्मक सोंच र जागरुकता भएमा सार्वजनिक शिक्षा क्षेत्र मात्र होइन अन्य क्षेत्रको विकासमा समेत फड्को मार्न धेरै समय कुर्न नपर्ने भन्दै शिक्षक लाई प्रोत्साहित गरेमा मात्र शैक्षिक गुणस्तर कायम हुन सक्ने बताउनुभयो । साथै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के सि ले सकारात्मक सोचका साथ विद्यालयको गुणस्तर बृद्धिका लागि शैक्षिक र भौतिक निर्माणका लागि अघोरात्र खटिरहेको बताउनुभयो ।
विद्यालयको थप सुधारका लागि आफ्नो स्तरबाट सदा सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो।
बिध्यालयका पुर्ब शिक्षक लोकमान गिरीले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाठ्यक्रम र शिक्षकको भूमिका मात्र प्रयाप्त हुँदैन उहाँले भन्नुभयो -" व्यवस्थापन पक्ष,अभिभावक वर्ग र समाजको पनि उत्तिकै महत्वपूर्ण दायित्व संगै गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने योजनाहरू दीर्घकालीन लक्ष्य र पद्धतिमा आधारित हुनु पनि त्यत्तिकै आवश्यक छ।"
गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक,विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको शिक्षाप्रेमी धुर्ब जि सि बताउनुभयो।
समुदायमा शिक्षाप्रति अझै दायित्वबोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्नुहुँदै उहाँले बालबालिकाको भविष्य सुन्दर, सक्षम, सुयोग्य नागरिक उत्पादन गर्ने कार्यमा अझैपनि निरन्तर सबै सरोकारावालाको सहयोग र सद्भाव जरुरत रहेको जि सि ले औल्याउँनुभयो।
त्यस्तै बिध्यालयका प्रधानाध्यापक केशु गिरीले साना बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने महान कार्यप्रति विभिन्न समाजसेवीको खुलेर प्रशंसा गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अघोरात्र खटिरहेको बताउनुभयो।
सार्वजनिक शिक्षाको स्तर माथि उकास्न सरोकारावालाहरुको सहयोग विना एक्लै केही गर्न नसकिने जिकिर गर्नुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बासु के सि ले विद्यालयको शैक्षिक,भौतिक तथा आर्थिक अवस्था बारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमको सन्चालन शिक्षक रमेश गिरीले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्