सीता बि.क
प्युठान,आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र भएपनि यसका अनगिन्ति सम्भावनाहरुको अध्ययन हुन नसक्दा र यस क्षेत्रका समस्याहरुको सम्बोधन हुन नसक्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुन सक्ने अवस्था सृजना भएको सरोकारवालाले बताएका छन।
लुम्बिनी प्रदेश सरकार पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद,मुकाम बुटवल,नेपाल आयोजना तथा प्युठान उद्योग वाणिज्य संघ को सह-आयोजनामा भएको प्यूठान जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन।
निजि क्षेत्रका व्यवसायी, सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाले जिल्लाको समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
पर्यटनदेखि संस्कृतिसम्मका सम्पदालाई उदाहरण दिई प्युठान जिल्लालाई उन्नत बनाउने आधार प्रस्तुत गर्दै समृद्धिको आधार पर्यटनलाई मानेर स्थानीय तथा केन्द्र सरकारले सोही अनुसारका योजना बनाउनु पर्नेमा सरोकारवालाको जोड थियो।
जिल्ला समन्वय समिती प्युठानका प्रमुख धर्म जि सि ले विविधताको समुचित संरक्षण,सम्वर्द्धन र उपयोगबाट जिल्लाका पर्यटन गन्तव्यका रूपमा विश्वसामु थप स्थापित गर्नु सरोकारवाला सबैको साझा लक्ष्य भएको बताए । प्युठान उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष इमानसिह भारतीले दिगो पर्यटन बिकासको लागि सरकारले रणनीतिक योजना सहित पर्यटन क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए । उनले पर्यटनमा एकता र सामुहिक भावनाको खाँचो औल्याउँदै जिल्लाको पर्यटनलाई अन्तराष्ट्रिय जगतसम्म पुर्याउन नीजि क्षेत्रको भूमिका उल्लेखनीय रहेको जनाउँदै तीनै तहका सरकारबाट पर्यटनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सके आर्थिक समृद्धि हासिल हुने बताए ।
त्यस्तै प्युठान नगरपालिकाका उप मेयर देबेन्द्र बर्माले जिल्लाको दिगो पर्यटन विकासका लागि आफूले प्रदेश,केन्द्र सरकार र व्यवसायीका लागि पुलको काम गरेर अघि बढ्ने र पर्यटन मैत्री नीतिका लागि पहल गर्ने बताए ।
साथै पर्यटकीय गन्तव्यको पहिचान,विकास र प्रबर्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बर्माले उल्लेख गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसंगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरिन।
दिगो पर्यटन बिकासका लागि प्रकृति र संस्कृतिलाई अगाडी बढाउन आबश्यक हुने नेपालको भनाई छ।
विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको सो कार्यक्रममा पर्यटन प्रबर्द्धन बिकास परिषदका कार्यकारी निर्देशक रामु जोशि र ब्राण्डिङ एण्ड मार्केटिङ अधिकृत सुमित्रा चौधरीले कार्यक्रमको लक्ष उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।
प्युठान उद्योग बाणिज्य सघका अध्यक्ष पशुपति नारायण नकर्मिको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन महासचिव शन्देस आचार्यले गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्