जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण 

घोराही –१४ मा जेष्ठ नागरिकको सम्मान 

जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण 


दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले जेष्ठ नागरिकको सम्मान गरेको छ  । जेष्ठ नागरिकको सम्मान स्वरुप वडा कार्यालयले घरमै पुगेर न्यायो कपडा वितरण गरिएको थियो । वडा कार्यालयले विपन्न  दलित,जनजाति मुस्लिम र अन्य समुदायका जेष्ठ नागरिकलाई न्यायो कपडा  प्रदान गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।  आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजन गरिएको  ६० हजार बजेटका माध्यमबाट ६० जना जेष्ठ नागरिकलाई फाईबर सिकर ,मेट्रास, लगाएतका विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष डाँगीको भनाई छ । वडा कार्यालयले सुन्दरनगर, जागृति, ढोडेनी, स्वर्गद्धारी, राधाकृष्ण, खोलीगाउँ, गोर्खा, गणेश टोल एकता, श्रृजनशील, लालिगुरास,सिद्धार्थ,राप्ती सेवार खोला नयाँ बसपार्क, जानकी, श्रीपुरा टोलका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । न्यायो कपडा वितरण गर्दै अध्यक्ष डाँगीले तपाईका सुख दुख हेर्ने स्थानिय सरकार छ उहाँले भन्नुभयो । तपाईलाई छिसोबाट बचाउँन प्रयासमा छौ उहाँले भन्नुभयो । घरमै पुगेर जेष्ठ नागरिको दुःख सुख बुझ्न न्यायो कपडा वितरण गर्दै आएको उल्लेख गर्नुभयो । अब जेष्ठ नागरिको स्वास्थ्य उपचारका लागि पनि घरदैलोमा नै आउँने वताउँनुभयो । त्यसअबसरमा वडा सदस्य गुलाम रशुल, लक्षुमन बुढा,नैना चौधरी,फुलमति नेपाली, वडा सचिव तिलकराम डिसीको सहभगीता रहेको थियो ।