राम बहादुर बिश्वकर्मा
प्युठान, प्युठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले कुनै धर्ममा आस्था राखेकै आधारमा राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभएको छ।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठले धर्म र परम्पराका नाममा हुने सबै खाले विभेदलाई अस्वीकार गर्न सके मात्र समाज अगाडि बढ्न सक्ने बताउनुभयो ।
प्युठान नगरपालिका -८ स्थित बाग्दुलामा रहेको मदरसाको अबलोकन गर्ने एक कार्यक्रममा उहाँले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस भन्ने प्रती आफू दृढ रहने भन्दै मदरसा सञ्चालनका लागि नगरबाट सक्दो सहयोग हुने उहाँको भनाई छ।
मुस्लिम समुदायको लागि मदरसा शिक्षा न्यायीक, ब्यबहारिकता,मानवता र नैतिकतामा आधारित भएकाले उक्त शिक्षा पश्चात् सभ्य समाज निर्माणमा ठूलो सहयोग मिल्ने बताउनुभयो ।
मच्छी,बहाने,खलंगाबाट पनि मुस्लिम समुदायका व्यक्तिहरू जुमाको नमाज पढ्न (प्राथना) बाग्दूलाको मदरसामा आउँछन्।
इद,बकर इदको नमाज पनि बाग्दुलाको मदरसामा पढिदै आएको मदरसा व्यवस्थापन समितिका अध्यक्ष प्यार अलि खान खानले जानकारी दिनुभयो।
'हामीले आफै पैसा उठाएर मदरसाको खर्च व्यवस्थापन गर्दै आएको छौं।' खानले भन्नुभयो, 'नजिकैको स्थानीय सरकारबाट कहिले पनि हाम्रो समस्याको सोधनी हुन सकेन।''राज्य भएको अनुभूति गर्न पाएका छैनौं।' खानले भन्नुभयो, 'नजिकैको स्थानीय सरकारबाट कुनै पनि प्रकारको मद्धत सहयोग पाएका छैनौं।'
मदरसा संचालन व्यवस्थापनमा बाग्दुलाका स्थानीय मुस्लिम समुदायबाट रकम संकलन गरिएको उहाले बताउनुभयो।
मौलाना (धार्मिक गुरु) को तलब, जग्गाको भाडा, बिजुली महसुल र पानीमा बार्षिक करिब ३ लाख ५० हजार खर्च हुने गरेको खान बताउनुहुन्छ।
धार्मिक शिक्षक अनुदानको लागि नगरपालिकाले केहि सहयोग गरेमा सहजता हुने उहाँ बताउनुहुन्छ।
'विद्यालय तवरले मदरसा संचालन हुने स्थिति छैन।' खानले भन्नुभयो, 'कम्तीमा कुनै केही शीर्षकमा रहेर सहयोग पुर्याउन सकिन्छ त।' नयाँ नेतृत्त्व आएकोले केही आशा भने पलाएको उहाको भनाई छ। 
प्रतिक्रिया राख्नुहोस्