राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका उप प्रमुख देबेन्द्र बर्माले सीप विकास तालिममा लगानीको सदुपयोग गरी आयआर्जनको कार्यमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
बिजुवारमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २ महिने आधारभुत सिलाइ कटाई सिप विकास तालिमको समापन तथा प्राविधि हस्तान्तरण कार्यक्रममा बर्माले यस्तो बताउनुभयो ।
उहाँले प्युठान नगरपालिकाको योजना, समृद्धि र विकास गर्ने भएकोले तालिममा सहभागि हुनुभएका परिक्षार्थिलाई समय खेर नफालि तालिमको सहि सदुपयोग गर्र्नुपर्नेमा जोड दिनुभएको थियो । बर्माले तालिम औपचारीकता नभएर व्यवहारिक बनाई सीप विकास मार्फत ब्यबसायमा जोडिन आग्रह जोडिन आग्रह जोडिन आग्रह गर्नुपर्ने समेत बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले नगरपालिकामा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर २ मा अदुवा हलेदो उत्पादन,डेरि तथा मिठाई उत्पादन,कम्प्युटर मर्मत,४ मा सिलाई कटाई,मोटरसाइकल मर्मत कुखुरा तथा बङ्गुर पालन,मखमल तथा ढाकाको चप्पल उत्पादन , ब्युटिपार्लर, बुटिक सम्बन्धि सीप बिकास तालिम सन्चालन गरिएको शारदा बिश्वकर्माले जानकारी दिनुभयो।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानामा पुराना उद्यमि लाई स्तर उन्नतिका लागि अगरबत्ती उत्पादन, ब्याग उत्पादन, होजियारी र सिलाई कटाई सम्बन्धि सीप बिकास तालिम सम्पन्न गरिएको बिश्वकर्माले बताउनुभयो ।

यस आर्थिक बर्षमा गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्युठान नगरपालिकामा नंया उद्यमि ८० जना र स्तर उन्नति ४० जना उद्यमि तयार गरिने लक्ष भएकोमा ८३ जना नयाँ उद्यमि र ४६ जना पुराना उद्यमि लाई स्तर उन्नती गरि यो आर्थिक बर्षमा जम्मा १ सय २९ जना लघु उद्यमि तयार गरिएको उहाँले जानकारी दिनुभयो।


प्रतिक्रिया राख्नुहोस्