बिजुवारमा सिपमुलक तालिम -वडा अध्यक्ष लक्ष्मी प्रकाश द्धारा उद्घाटन 

बिजुवारमा सिपमुलक तालिम -वडा अध्यक्ष लक्ष्मी प्रकाश द्धारा उद्घाटन 

सीता बि.क

प्युठान,श्रम,उत्पादन र रोजगार सहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताउनुभएको छ । आज मंगलबार गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकाले आयोजनामा बिजुवारमा सिलाई कटाई तथा बुटिक सम्बन्धि सीप बिकास तालिमको उद्घाटन गर्दै उहाँले महिलालाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।श्रम शक्तिलाई तालिम दिएर दक्ष बनाई रोजगारी प्रदान गर्ने उद्देश्यले वडामा बिभिन्न सीप बिकासका कार्यक्रम सन्चालन गर्दै आईरको बताउनुभयो ।
उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो। “हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” बिश्वकर्माले भन्नुभयो,“अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् भन्दै उहाँले तालीम पश्चात ब्यवसायिकरुपमा सामाग्री उत्पादन गर्नु पर्ने बताउनु भएको थियो ।तपाईहरुको लागि सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा रहेकोले सक्रिय सहभगिता जनाई सिप आर्जन गरि तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सक्ने प्युठान नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख लेख बहादुर बिष्टले बताउनु भयो ।
प्युठान नगरपालिका वडा नम्बर २ र ४ बाट सिलाई कटाई मा २४ र बुटिक  १२ गरि ३६ जना प्रशिक्षार्थी तालिम सहभागी भएको आयोजकले जनाएको छ।