थेरसर मेसिन पल्टिदा २३ बर्षीय पुरुषको मुत्यु

अनिल नेपाली 

अर्घाखाँची,अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिका वडा न ३ मथुरा बेसीमा आज लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थेरसर मेसिन काम गर्ने क्रममा भौगोलिक सरचना का कारणले डिसव्यालेन्स हुन गई पल्टिदा सनपा १२ का २३ निरन बि.सी को घटनास्थलको मुत्यु भएको छ भने सोही क्रममा ट्याक्टर चालक कृष्ण मुखिया छत्रदेब गाँउपालिका वडा न ३ का ४१ बर्षीय खिम ब कुमाल घाईते भएको र स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सृजन विक्रम शाहले जानकारी दिनुभएको छ ।