राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमाले प्युठान जिल्ला कमिटिको पहिलो बैठकको निर्णय अनुसार नगर कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन।
आइतबार प्रेस चौतारी नेपाल प्युठानले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमालेले जिल्लाका नौ वटै स्थानीय तहमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रेस नोट सहित सार्बजनिक गरिएको हो।
जिल्ला अध्यक्ष बिजय बिराज विष्टले १ महिना देखि प्युठानका बस्ति-बस्तिमा घरघरमा एमाले,जनजनमा एमाले र मनमनमा एमाले भन्ने नारालाई आत्मसाथ गरी आगामी निर्वाचनलाई तीव्र पार्न जिल्ला भरका अगुवा नेता तथा कार्यकर्ताहरूलाई पार्टीका एजेन्डा जनताको माझमा जानकारी गराउन सबै पालिकामा पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
उहाँका अनुसार एमालेले समसायिक राजनिति विषय,पार्टीको वैचारीक,सैन्द्धातिक रणनीति,भावि चुनावी नीति,गठबन्धन सरकारका जनविरोधी कार्य लगायतका विषयमा प्रशिक्षण तथा अभिमुखिकरण आयोजना गरेको हो।
कार्यक्रममा ११ हजार ९ सय ५२ भन्दा बढी नेता कार्यकर्ताको आबद्धता रहेको एमाले प्युठान ले जनाएको छ।
नवौ जिल्ला अधिबेशन सम्पन्न पश्चात् टोल कमिटी गठन,पार्टी प्रशिक्षण तथा प्रबेश कार्यक्रम जनभेटघाट जनबर्गिय सङ्गठनका जिल्ला तथा पालिका स्तरीय भेला तथा अधिबेशनहरु सम्पन्न गरिएको छ।
यसै क्रममा विभिन्न पार्टी परित्याग गरि ४ हजार २ सय नेता कार्यकर्ता पार्टी प्रवेश जनसंख्या,भूगोल घरधुरी संख्या,बसोबास गर्ने समुदाय का आधारमा ५ सय ७६ मध्ये ४ सय ३२ टोल कमिटी गठन गरेको एमाले प्युठानको दावि छ ।
पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापा ,केन्द्रिय सदस्य तथा जिल्ला सह-ईन्चार्ज हरि रिजाल,जिल्ला पार्टीका निबर्तमान अध्यक्ष तुल्सिराम शर्मा,पार्टी अध्यक्ष बिजय बिराज बिष्ट लगायतका नेताहरुले सम्बोधन गरेका छन्।नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुर्य थापाले सत्य र तथ्यका आधारमा खोजपत्रकारीता गर्न समेत पत्रकारलाई आग्रह गर्नुभएको छ।साथै प्युठान जिल्ला इन्चार्ज समेत रहनु भएका थापाले एमाले अग्रगामी पार्टी भएकाले अबको चुनावमा अपेक्षित नतिजा हासिल गर्न सकिने बताउँदै देशमा नेकपा एमालेले जित्यो भने मात्रै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा हुने बताउनु भयो ।
१ महिना देखि प्युठानका बस्ति-बस्तिमा घरघरमा एमाले,जनजनमा एमाले र मनमनमा एमाले भन्ने नारालाई आत्मसाथ गरी आगामी निर्वाचनलाई तीव्र पार्न जिल्ला भरका अगुवा नेता तथा कार्यकर्ताहरूलाई पार्टीका एजेन्डा जनताको माझमा जानकारी गराउन प्रशिक्षण गरिएको हो।पार्टी प्रशिक्षण कार्यक्रमका लागि नेताहरुलाई स्थानीय तहगत जिम्मेवारी दिईएको थियो।
नेकपा एमालेले नयाँ नेतृत्व पाएपछि पार्टी गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ।
प्रतिक्रिया राख्नुहोस्