राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ प्युठान नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा सिजन के सि चयन भएकी छन्।
आज एक कार्यक्रमका बिच सिजन के सि को अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरिएको हो।
उपाध्यक्ष माया गिरी,सचिव सुसिला परियार,उप सचिव आशा गिरी,रमा विष्ट र सदस्यहरुमा विरस देवी सुनार,कल्पना सुनार, जालमाया घर्ति मगर,सरस्वती विश्वकर्मा र रेखा सुनार रहेका छन।
तस्बिर: वडा कमिटी गठन पश्चात् लिएको सामुहिक तस्बिर
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेहरसिह के सि ले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिनु हुँदै अनेम संघको चर्चा गर्दै उहाँले अनेम संघले देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो।
महिलाहरुको राजनीतिक अधिकार सुनिश्चित हुँदै गए पनि आर्थिक अधिकार सुनिश्चित गर्न बाकी भएकाले सांस्कृतिक,सामाजिक रुपान्तरणको र अधिकारका लागि अनेम संघको भुमिका रहनुपर्ने उहाँको भनाई छ।
त्यस्तै गरी कार्यक्रमका अतिथिहरु नेकपा एमाले जिल्ला कमिटी प्युठानका सचिबालय सदस्य तथा मरन्ठानाका इन्चार्ज दिपेन्द्र के सि, नेकपा एमाले जिल्ला सदस्य कल्पना गिरी,नेकपा एमाले प्युठान नगरपालिकाका उपाध्यक्ष ध्रुब जि सि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


प्रतिक्रिया राख्नुहोस्