राम बहादुर बिश्वकर्मा
काठमाडौ,स्वास्थ्य सेवाका अन्य विधा जस्तै फिजियोथेरापी विधालाई पनि मान्यता प्रदान गराउनुपर्ने सरकार सङ्ग माग गर्दै फिजियोथेरापी पुनर्स्थापना केन्द्रंहरुको संघ प्राण निर्माण गरिएको छ।
जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने,जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने,पुनर्स्थापनाका अन्य संस्थाहरु संग हाते मालो गर्दै एक जुट भई सामुहिक हक हितको निमित्त काम गर्ने उद्देश्यले फाल्गुन ७ प्रजातन्त्र दिवसको अवसर पारेर देश भरी रहेका नौ संस्थाहरु एकताआबद्ध भई“फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल”छोटकरीमा “प्राण” निर्माण गठन गरिएको संघका उपाध्यक्ष जगदीश खनालले बताउनु भयो ।
नेपाल राज्यभित्र फिजियोथेरापी पुनर्स्थापना सेवा संचालन गरिरहेका १५ शैया भन्दा वढी क्षमताका संस्थाका सञ्चालकहरुले शुक्रबार काठमाण्डौंमा सम्पन्न राष्ट्रिय भेलाले संघको विधान पारीत गर्दै संघको प्रथम कार्यसमितिको गठन गरेको हो।
संघको अध्यक्षमा हरि कुमार लम्साल (साहारा फिजियोथेरापी अस्पताल, काठमाण्डौं ),उपाध्यक्षः जगदीश खनाल(नवजीवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, वुटवल),महासचिवःसमीद कातिला श्रेष्ठ(अर्थोप्लाष्ट रिविलिटेशन सेण्टर, ललितपुर),सचिवःराजेश महत(रिभाईव फिजियोथेरापी रिहाविलिटेशन सेण्टर,काठमाण्डौं),कोषाध्यक्ष दीक्षा जोशी (अर्पण फिजियो केयर एण्ड रिहाविलिटेशन सेण्टर,ललितपुर) त्यस्तै सदस्यहरुमा विवेक पौडेल (चितवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर,चवन),अशोक रिमाल (न्युरोप्लाष्ट फिजियोथेरापी रिहाविलिटेशन सेण्टर(धनगढी),कवीन सापकोटा (सक्षम फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, झापा) र अंगीरा थापा (सर्व फिजियोथेरापी एण्ड वेलनेस सेण्टर, विराटनगर) रहनुभएको छ।
नेपाल राज्यभित्र भौतिक चिकित्सा तथा पुनस्र्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एकआपसमा संगठित भई हाल सम्म निर्माण नभएको दर्ता प्रकृया स्थापना सरकार सङ्ग माग गरि सहयोग गर्न ,पेशागत एवम् व्यवसायिक ऐक्यबद्धता कायम गर्न,पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवर्धन गर्न,भौतिक चिकित्सा तथा पुन:स्थापना सेवालाई गुणस्तरीय,प्रभावकारी र मर्यादित वनाउदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित गराउन आफू अगाडी बढ्ने नवनियुक्त संस्थापक अध्यक्ष हरि कुमार लम्सालले प्रतिबद्धता समेत जनाउनुभयो।साथै नेपाल सरकारले साधारण अस्पताल वा विशेषज्ञ अस्पताल, पोलीक्लिनिकहरु स्थापना गर्ने मापदण्ड वनाएर लागू गरेको छ तर स्वास्थ्य सेवाको यति महत्वपूर्ण विधा संचालनका लागि फिजियोथेरापी तथा पुन:स्थापना केन्द्र संचालन गर्ने मापदण्ड हालसम्म वनाएको छैन । लमसालले भन्नुभयो -"हामी हाम्रा सेवा संचालन गर्न सरकारले उचित मापदण्ड निर्माण गरी लागू गरोस भन्ने चाहन्छौं ।,मापदण्ड निर्माण गर्न तथा त्यसलाई लागू गर्ने कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।"
सेवाको गुणस्तर कायम गर्न,यसको विश्वसनीयतामा वृध्दि गर्न,स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा यस सेवालाई स्थापित गर्न,सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्था संग सहकार्य गर्न प्रयत्न गर्ने, फिजियोथेरापी तथा रिहाविलिटेशन सेवाको प्रभावकारीताकालागि रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने,फिजियोथेरापी तथा रिहाविलिटेशन सेवा सम्वन्धि सभा गोष्ठी,शिविर तथा छलफल कार्यक्रमको आयोजना गर्ने उदेश्य समेत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर,फिजियोथेरापी संघ,अकुपेस्नल थेरापी संघ,प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरु सहित पुनर्स्थापनाका विज्ञहरुको उपस्थिति रहेको बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्