अनेरास्ववियु प्युठानले राजनैतिक प्रतिशाेधका अाधारमा झुट र भ्रम छर्नु निन्दनीय :शिक्षक संगठन

 अनेरास्ववियु प्युठानले राजनैतिक प्रतिशाेधका अाधारमा झुट र भ्रम छर्नु निन्दनीय :शिक्षक संगठन

प्युठान,नेपाल शिक्षक महासंघ प्युठान नगरपालिका र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला शाखा प्युठानले प्युठान नगरपालिकामा कार्यरत स्राेत व्यक्ति विस्नु प्रसाद पाेख्रेल माथी नेकपा एमालेकाे विद्यार्थी संगठन अ.ने.रा. स्ववियु प्युठानले तथ्यहिन, कपाेकल्पित,भ्रमपुर्ण अाराेप लगाएकाे भन्दै खण्डन गरेकाे छ ।
नेपाल शिक्षक महासंघ प्युठान नगरपालिकाका अध्यक्ष गाेपाल प्रसाद घिमिरे र सचिव कमल केसीकाे हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकामा कार्यरत स्राेत व्यक्ति पाेख्रेलले शिक्षकहरूकाे पेशागत हित र नगरपालिकाकाे शैक्षिक गतिविधिमा सक्रीय र इमान्दार स्राेत व्यक्ति माथि लगाईएकाे अाराेप झुट, भ्रमपुर्ण कपाेकल्पित रहेको भन्दै आपत्ती जनाईएकाे छ ।
त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनले प्युठान नगरपालिका शिक्षा शाखामा कार्यरत स्राेत व्यक्ति माथी लक्षित अाराेपहरू अाधारहिन,पुर्बाग्रही,राजनैतिक प्रतिशाेध राखेर आरोप लगाईएकाे कुरा उल्लेख गरिएकाे छ । कार्यान्वयन तहमा रहेका जनप्रतिनिधिहरूकाे गुनासाे विद्यार्थी तहमा लगि विज्ञप्तिबाजि गर्नु अाफैमा लज्जास्पद र हास्यास्पद रहेकाे कुरा उल्लेख गरिएको छ । स्राेत व्यक्ति माथी लगाईएका अाधारहिन ,तथ्यहिन,भ्रमपुर्ण अाराेपकाे संगठनले घाेर भर्सना गरेकाे छ । शिक्षक माथी हुने अन्याय,अत्याचार ,विभेदकाे अन्त्य र पेशागत अनुशासन र सुरक्षाकाे निम्ति संगठन सदैव वकालत गर्न तयार छ भन्दै यी र यस्ता गतिविधिहरू यथाशीघ्र संचाउन सम्बन्धि सराेकारवालासँग अाग्रह गर्दछ गरेकाे कुरा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कमल जि सी र सचिव गाेपाल प्रसाद घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यी यस्ता गतिविधिहरू दाेहाेरिएमा संगठनले जस्तोसुकै अान्दोलन गर्न पनि तयार रहेकाे कुरा विज्ञप्तिमा भनिएकाे छ ।


प्यूठान नगरपालिकाले शिक्षा क्षेत्रमा राजनिती गरेको अनेरास्वबियुको आरोप

यता अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) प्यूठानले एक बिज्ञप्ति जारी गरि शिक्षा क्षेत्रमा नि प्यूठान नगरपालिकाले व्यापक राजनिती गरेको आरोप लगाएको छ ।
संगठनले मंगलवार विहान विजुवारमा पत्रकार सम्मेलन गर्दै प्यूठान नगरपालिकाले शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा आफु अनुकुल आफ्ना कार्यकर्ता भर्ना गरेको आरोप लगाएको हो ।
हाल संघिय मामिला मन्त्रालयले प्यूठान नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको कामकाजको लागि अधिकृत छैटौँ खटाईएको अवस्थामा नगरपालिकाले शिक्षक विष्णु पोख्रेललाई जिम्मेवारी दिनु व्यापक राजनिती भएको अनेरास्ववीयु प्यूठानका संयोजक जाल वहादुर के.सीले बताउनुभयो। ‘नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई पठनपाठनमा खटाउनुको साटो नगरपालिकाको आन्तरिक कामकाजमा व्यस्त बनाउनु आफैमा लज्जास्पद र निन्दानिय कार्य हो ।’ उहाँले भन्नुभयो, ‘उक्त शिक्षकलाई विद्यालयमा पठनपाठन कार्यमा खटाउन नगरपालिका समक्ष हाम्रो संगठन जोडदार माग गदछौँ ।’
५ दिनभित्र उक्त निर्णय फिर्ता नलिए आन्दोलनका थप कार्यक्रम घोेषणा गर्ने बताइएको छ।