प्युठानमा माओवादी केन्द्र प्रवेश गर्नेहरुको लहर,उभार आउन अझै बाँकी !

प्युठानमा माओवादी केन्द्र प्रवेश गर्नेहरुको लहर,उभार आउन अझै बाँकी !

राम बहादुर बिश्वकर्मा
प्युठान,लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएका कारण माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताएका छन।
नेकपा(माओवादी केन्द्र)प्युठान नगरपालिका ३ बिजयनगरले आयोजना गरेको वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान १० बर्ष जनयूद्द जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई संबिधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताए । उनले संघियता,धर्म निरपेक्षता,समाबेसी समानुपातीक प्रणालीका साथै सबै बर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्र बाटै सम्भब भएको भन्दै माओवादी हौ भन्न गर्ब लाग्ने बताए।त्यस्तै प्रभाबशाली बिध्यार्थी नेता सुमन श्रेष्ठले नेपालको कम्यूनिष्ठ आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रबृद्दीका के पी ओलिका कारण सम्भब हुन नसकेको भन्दै माओवादी केन्द्रनै देशको कम्यूनिष्ठ पार्टीको केन्द्र बन्ने बताउदै नब प्रवेशीहरुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।उनले भने,‘तपाईहरू दृढ भएर लाग्नुस् पार्टीबाट संरक्षण र उचित जिम्मेवारी पाउँनुहुन्छ।
माओवादी पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्दिप्रतिको प्रतिबद्दताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आर्कषित भएकोले पार्टी प्रबेशको लहर चलेको नेता श्रेष्ठको भनाई छ।कार्यक्रममा एमाले,काङ्ग्रेस,रास्ट्रिय जनमोर्चा लगायत ८१ जना कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।
नब प्रबेसीहरूलाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का,नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष कृष्ण अधिकारी(प्रकाश),कृष्णघिमिरे(झपेन्द्र),प्युठान   नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपती,नेकपा(माओवादी केन्द्र)प्युठानका प्रभाबशाली युवा नेता सुमन श्रेष्ठ लगायतले अबिर   लगाएर पार्टी प्रबेश गराएका हुन ।
साथै सम्मेलनले शिव बहादुर नेपालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ।