एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान  नगरको अध्यक्षमा बामदेव पोख्रेल 

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान  नगरको अध्यक्षमा बामदेव पोख्रेल 

राम बहादुर बिश्वकर्मा
प्युठान,एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरको अध्यक्षमा बामदेब पोख्रेल चयन भएका छन् ।
आइतबार प्युठान नगरपालिकाकाे नगर अधिवेशन बाट बामदेब पोख्रेल अध्यक्ष रहेको २१ सदस्यीय अखिल नेपाल शिक्षक संगठनको नगर परिषद गठन गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा प्युठान जिल्लाका पार्टीका अध्यक्ष कृष्ण अधिकारी "प्रकाश"ले देश परिवर्तन गर्नकै लागी शिक्षकहरुले आफ्नो जागीर घरपरिवार छोडेर जनयुद्धमा होमिएको र जिवनलाई बलिदान समेत गरेको इतिहासलाई पाटिले उच्च मुल्यांकन गरेको र आगामी दिनहरुमा पनि गर्ने बताएका थिए।त्यस्तै नेपाल कम्युनिस्ट पाटि माअाेवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा प्युठान नगरपालिका इन्चार्ज कृष्ण घिमिरे ले पेशागत क्षमता विकास गर्दै आ-आफ्नो विद्यालयलाई प्रविधी मैत्री विद्यालयको रुपमा रुपान्तर गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्दै जानुपर्ने बताएका थिए । बिशिस्ट अतिथि समेत रहेका घिमिरेले अबको शिक्षक प्राविधिमुखी हुनु पर्ने बताए ।

 अब शिक्षकले आफ्नो पेसा र जिम्मेवारी प्रति प्रतिबद्द भैई विद्यार्थीको इच्छा,चाहना र क्षमता अनुसार सिक्ने सिकाउने वातावरण सिर्जना गर्न आबश्यक छ। उनले भने-" परम्परागत सिकाईको ब्याख्यान,उपदेशात्मक र जवर्जस्त तरीकालाई बदल्नु आबश्यक छ।"( अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य सुमन श्रेष्ठ )

 

अखिल क्रान्तिकारीका  केन्द्रिय सदस्य सुमन श्रेष्ठले एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो संघर्षपुर्ण इतिहास बोकेको बताएका छन् ।उनले दस बर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन,शान्ति प्रक्रिया हुँदै संघिय गणतन्त्र सम्म आइपुग्दा शिक्षकहरुको भुमिका महत्त्वपूर्ण रहेको बताए।
लुम्बिनी प्रदेश सह इन्चार्ज समेत रहेका श्रेष्ठले सामुदायिक विद्यालय सुधारको लागि शिक्षकले आफ्नो पेसा र जिम्मेवारी प्रति प्रतिबद्द भैई विद्यार्थीको इच्छा,चाहना र क्षमता अनुसार सिक्ने सिकाउने वातावरण सिर्जना गर्न आबश्यक छ। उनले भने-" परम्परागत सिकाईको ब्याख्यान,उपदेशात्मक र जवर्जस्त तरीकालाई बदल्नु आबश्यक छ।"त्यस्तै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले एउटा शिक्षकको हातमा हजारौं विद्यार्थीको भबिष्य जोडिएकाले देश निर्माणको बलियो खम्बा तयार पार्ने जिम्मेवारी समेत शिक्षकको काधमा रहेको बताएका हुन । 
गौरवपुर्ण इतिहास बोकेको एकीकृत अखिल नेपाल शिक्षक संगठन समाज रुपान्तरणको मार्गमा समेत जोडिन कक्षपतिको आग्रह छ।प्युठान नगरपालिका भित्रका १सय ५० जना संगठित सदस्यहरुको उपस्तिथिमा भएको नगर परिषद कार्यक्रममा उपाध्यक्ष बिस्नु बहादुर केसी,उपाध्यक्ष रमेश शाह,महिला उपाध्यक्ष बसन्ता गिरी सचिव रमेश गिरी,सह सचिव टंकेश्वर न्याैपाने,काेषाध्यक्ष सीता केसी,सदस्यमा,माधव गिरी,बिमला थापा,पवन प्रसाद शर्मा,मधुसूदन गिरी,निर्मल पुन,सरद पाैडेल,शारदा पाेख्रेल,तिर्थ पुन,तिल बहादुर बि क,शिबराज पाेख्रेल,अर्जुन नेपाली,बालाराम भट्टराई र रामचन्द्र सुनार रहेका छन।