गोल्डेन टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गको दोस्रो शाखा प्युठानको बाग्दुलामा पनि

गोल्डेन टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गको दोस्रो शाखा प्युठानको बाग्दुलामा पनि

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका ४ बिजुवार भौकाबाट आफ्नाे सेवा सुरु गरेकाे ‘गोल्डेन टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गले’बिहीबारदेखि दोस्रो शाखा पनि उद्घाटन गरेकाे छ । सौन्दर्य तथा सटिङ सुटिङ्ग व्यवसायमा अलग पहिचान बनाउन सफल गोल्डेन टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गले प्युठानको बाग्दुलामा नयाँ शाखा सञ्चालनमा ल्याएकाे हाे ।
उक्त शाखाकाे उद्घाटन नेपाल कपडा सिलाई ब्यबसायि महासघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले  गरेका हुन् ।


उद्घाटन गर्दै श्रेष्ठले सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। 
सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताउदै छोटो समयमै गोल्डेन टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गका संचालक दोय मान बहादुर परियार र सन्तोष परियारले शाखा बिस्तार गर्नु ठूलो उपलब्धि भएको भन्दै ब्यबासायिक सफलताको शुभकामना व्यक्त गरेका छ्न।
जागिरे मानसिकताले माथि पुग्न नसकिने बताउँदै श्रेष्ठले भने,‘जागिर खोज्ने भन्दापनि जागिर दिन्छु भन्ने मानसिकता नबनाएसम्म स्वरोजगार बन्न सकिदैन र माथि उठ्नपनि सकिदैन अब श्रमिक होइन व्यावसायिक बन्नुपर्छ।’

तस्बिर: नेपाल कपडा तथा सिलाई ब्यबसायि महासघ का केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले उद्घाटन गर्दै 


कार्यक्रममा ‘गोल्डेन सटिङ्ग सुटिङ्गकका संचालक मान बहादुर परियारले ग्राहकहरुको मागअनुसार दोस्रो शाखा खोलिएको जानकारी दिए । बाग्दुला स्थित  शाखाको जिम्मेवारी भाई सन्तोष परियार लाई दिइएको उनले बताए ।
५० लाखको लागतमा सटिङ्ग सुटिङ्ग संचालनमा ल्याएको दोस्रो बर्षमा ग्राहकको मागलाई ध्यानमा राखी शाखा बिस्तार गरिएको बताए ।
नेतृत्व,नविनतम् सोंचले मात्र व्यावसायिक बन्न सकिने अनुभव सुनाउदै परियारले भने ‘ सन्तोष हाम्रो परिवारको सदस्य पनि हो। उनि सटिङ्ग सुटिङमा निकै दक्ष पनि छन’,उनले भने,‘स्वर्गद्वारी लाइफ केयरको दोस्रो तलाबाट हाम्रा ग्राहकहरूले गुणस्तरीय सेवा पाउनुहुनेछन।’
त्यस्तै अर्का सन्चालक भाई एवम् युवा व्यवसायी सन्तोष  परियारले टेलरिङ सम्बन्धी कोट,पाईन्ट,नेपाली दौरासुरुवाल,ढाकाटोपी चौबन्दी चोलो लगायत महिला तथा पुरुषहरूको सम्पूर्ण कपडा सिलाई अर्डर अनुसार सूपथ मूल्यमा तयार गरी बाग्दुलाबाट गुणस्तरीय सेवा दिने बताए । उनले भने,‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’