जनतालाई महामारीको चिन्ता,दललाई सत्ताको हानथाप

नारायण के सि

देश कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा छ। संक्रमणदरले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ। मृत्युदर पनि दिनदिनै बढिरहेको छ। पछिल्लो तथ्यांकअनुसार परीक्षण गर्नेमध्ये करिब ५० प्रतिशतमा संक्रमण पुष्टि हुने अवस्थामा पुगेको छ। दैनिक ३० देखि ५० भन्दा धेरै मानिसले ज्यान गुमाउन थालेका छन्।

यसरी संक्रमण उच्च तहमा पुगेपछि देशका विभिन्‍न जिल्लामा निषेधाज्ञा लागू भएको छ। संक्रमण तीव्ररूपमा बढेसँगै देशभरका अस्पतालहरूमा अक्सिजन, बेड, आईसीयू अभाव देखिएको छ। जसले गर्दा समयमा उपचार नपाएर संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ। देश महामारीको यस्तो संकटमा फसिरहेको अवस्था नेपाल सरकार सत्ता सुखको लागि लढ्दै जनता भोकमारीसंग लड्दै नालायक नेताहरू त त म म गर्दै ।ए नालायक सरकार! देशको स्थिति गम्भीर बन्दै गईरहेको अवस्था हुदा पनि आ आफ्नै फाइदाका लागि मात्र कति सोच्ने? देशको अर्थतन्त्र धराशायी हुने अवस्थामा छ तर हाम्रो नेता र मन्त्री ज्यूहरुलाई कुर्सीकै चिन्ता छ यस्तो बेला जनता चुपचाप घरमा बसी भोक भोकै लकडाउनको पालना गरिरहेका छन।

आवाज उठाउ भने कोरोना भाइरस तीव्र गतिमा फैलिने डर,आखिर हाम्रो देशका नेताहरू किन बुझिरहेका छैनन् । यो बेला सताको लागि लडाई गर्ने बेला हैन जनताको सेवा गर्ने बेला हो । नेपाली जनताको जीवन स्तर र दक्षता सबैको समान कदापि छैन त्यसैले एक हुल नेपाली जनताहरु कोरोनाको बिरुद्धमा कोइ सहयोग गर्न,कोइ औषधि मुलोको तयारी,कोइ आर्थिक जम्मा गर्न, त कोइ बिरामीको सेवामा युद्धरत लागिरहेका छ्न भने जुन केही उपल्लो ओहोदामा छन्, उनिहरुको चाहाना र इच्छा भनेको जहाँ र जसरी भएपनि अन्तिम अस्त्र प्रयोग गरि आफ्नो कुर्सि,आफ्नो इज्जत,आफ्नो प्रतिष्ठालाई बचाइ राख्न जोडजुलुम गरिरहेका छन,जुन ओहोदाले गर्दा नै देशको परिस्थितिमा उथलपुथल हुने गर्दछ र भइरहेको छ पनि।

जसलाई हटाउन वा निमटानै पार्न पछिल्लो पिडिको उदय हुनुपर्छ तर विडम्बना नेपालको परिवेश भनेको पछिल्लो पिडिले पनि अघिल्लो पिडिको पिछा गर्दै गएकाले यस्तो कु मार्ग रोज्यो फलतः देशले यो अवस्था बेहोर्नु पर्यो ।

तसर्थ आदरणीय पछिल्लो पिडि राजनैतिक योद्धाहरूलाइ हामी नेपाली जनताको आग्रह यो छ कि, कि त राजनीति भन्ने विषयवस्तु हटाउ होइन भने राज्यसत्ताको बागडोर आफ्नो हातमा लिएर नेपाली जनतालाई सरकार भएको जस्तो महसुस गराउ ।