छिट्टै कोरोनालाई जितेर जनताको सेवामा फर्किनेछु: नेता पोख्रेल 

छिट्टै कोरोनालाई जितेर जनताको सेवामा फर्किनेछु: नेता पोख्रेल 

राम बहादुर बिश्वकर्मा 

प्युठान,विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन बिश्व मानचित्रमा केही दिन अघिसम्म ग्रीन जोनमा रहेको नेपाल अहिले रेड जोनमा छ । 

यसको प्रभाव अन्य देशको तुलनामा कम भएपनि जोखिम र त्रास भने नेपालमा पनि बढ्दै छ । कोरनाकै कारण विश्वका अधिकांश देश लकडाउन गर्न वाध्य छन । यसको जोखिम न्यूनीकरण गर्न नेपालले लकडाउनको अवधि लम्ब्याउंँदै लगेको छ । लकडाउनले दिनरात व्यस्त राजनीतिकर्मी अहिले फूर्सदिला बनेका छन।अर्थात लकडाउनले घरमै ‘लक’ हुन बाध्य पारेको छ।बिहानदेखि बेलुकासम्म जनताको घरदैलो,पार्टी कार्यालय, र जनताको सेवामा तल्लिन हुने राजनीती कर्मी के गर्दै छन् त भन्ने जिज्ञासा सामाजिक सन्जालमै देख्न सकिन्छ,तर प्युठान नगरपालिका -८ बाग्दुला निबासी नेपाली काङ्ग्रेसका युवा नेता प्रमोद पोखरेल भने लकडाउनको समयलाई सदुपयोग गरी आफूलाई अभ्यस्त बनाउन सफल भएका छन। उनी भन्छन ‘म बिहान साढे ६ बजेदेखि राती अबेरसम्म पनि उपलब्धीमुलक काममै हुने गर्थे ’।युवा ब्यबसायी समेत रहेका पोख्रेल  भन्छन् । 

घरमै बसेर भए पनि यस समयलाई भरपुर उपलब्धीमुलक काममा लगाउनु पर्ने उनको बुझाई छ ।पारिवारिक पृष्ठभूमि पनि उनको समाजसेवा र राजनीति नै भएकोले उनी यसबाट टाढा रहने कुरै भएन । सानैदेखि चलाख ,तीक्ष्ण बुद्धि भएका उनी बाल्यकाल बाट नै राजनीतिमा होमिए । विद्यार्थी राजनीति देखिनै विद्यार्थीका हरेक माग र समस्यालाई साथै लिएर समाधानको लागि लडिरहन्थे ।अत्यन्त दृढ स्वभाव ,इमान्दारिता र दायित्वबोध गर्ने पोख्रेल आफूलाई थप क्रियाशील र गतिशील बनाउंँदै गए । फलस्वरुप उनी तात्कालिन नेपाली काङ्ग्रेसको महाधिबेशन प्रतिनिधिसमेत बन्न सफल भए ।आम युवाहरुको विश्वास जित्न सफल पोख्रेलले एक पछि अर्को सफलता चुम्न थालेपछि राजनीतिक यात्रालाई आराम गर्ने मौकै पाएनन । पार्टीले पनि उनको योगदान र कामलाई सम्मान गर्दै गयो । उनले राजनीतिक मुद्धालाई मात्र अघि सारेनन राष्ट्रिय मुद्धा र सामाजिक मुद्धामा समेत आफ्ना आवाज लाई बुलन्द पार्दै गए ।

त्यसैले कोभिड १९ अर्थात निद्रिष्ट कोरोना भाइरसले बिश्वनै आक्रान्त पारेको समयमा उनले कोरोनाको कुनै प्रवाह नगरी अनवरत रुपमा दिनरात नभनी जनताको सेवामा खटिने गरेका थिए। उनले जिल्ला वासीको चिन्ता व्यक्त गर्दै आफ्नै ब्याक्तिगत लगानीमा जिल्ला का बिभिन्न गाउँका घर -घरमा पुगी कोरोना बाट बच्नको लागी स्वास्थ्य सामाग्री स्यानिटाइजर ,मास्क साबुन वितरण गरेका थिए।
कोरोना भाइरसका कारण नेपाल सरकारले लगाएको लामो लकडाउनको समयमा छिमेकी देश भारत र नेपालका बिभिन्न अन्य क्षेत्र बाट प्युठानमा भित्रीने आफ्ना पालिकावासी तथा जिल्लाबासीलाई उद्वारका लागि दिनरात नभनी आफ्नै गाडीमा राखी क्वारेन्टाइन सम्म पुर्याउने कार्य गर्ने गरेको भारत बाट फर्किदा अलपत्र परेका युवाहरुले बताउने गर्दछन। दु:खको समयमा पोख्रेलले आफुहरुलाई  पुर्याएको अतुलनिय सहयोग प्रति उनको खुलेरै प्रसंसा गर्ने गर्दछन,भन्छन नेता हुनु त प्रमोद पोख्रेल जस्तै निस्वार्थ र सहयोगी मनका धनि हुनु। पोख्रेल सदैव भन्ने गर्छन जनताको सेवा गर्न पाउँदा कोरोनाको पनि कुनै डर लाग्दो रहिन्छ। 

उनले गरेका कार्य प्रति प्युठान वासी अत्यन्तै प्रफुलित रहेको बुझिएको छ।यति बेला निजिस्तर बाट सामाजिक सेवामा लागेका ब्यक्तिमा  यिनै पोख्रेलको नाम अग्रपत्तिमा आउंँछ ।राष्ट्रवादी चिन्तन भएका उनले आफ्ना एजेण्डा ,जनताका हक अधिकारलाई आफ्नो मुल मुद्धा बनाएरै अघि बढेका छन । स्थानीय रुपमा पनि उनी हरेक समाज र मानिसहरुको मन मस्तिष्कमा बस्न थालेका छन। यसै बिच नागरिकको सेवामा खटिदैँ गर्दा आफू पनि सङ्क्रमित हुन पुगेका छन।कोरोना पोजेटिभ देखिएपछि प्युठान अस्पतालमा स्वास्थ्य परीक्षण गरेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। 
नेता पोख्रेलले आफूलाई कोरोना पोजेटिभ देखिए पनि परिवारका कुनै सदस्यमा कोरोना पोजेटिभ नदेखिएको र अहिले होम आईसोलेसनमा रहेको बताए । आफुलाई पनि कोराना संक्रमणको कारण उनलाई भित्रभित्रै मन पोलिरहेको छ । ‘बिहानदेखि नागरिककै काममा हिड्ने म एउटा बन्द कोठामा खुम्चिुनु परेको पिडा उनी सुनाउँछन् । बिश्वकै कठिन अवस्थामा केही दिन घरमै खुम्चिुनु परेपनि उनको सक्रियता घरबाटै पनि उत्तिकै छ। लकडाउनले अप्ठ्यारो परेकालाई गन्तब्य सम्म पुग्न प्रहरी प्रसासनसंग समन्यव गर्दै सहयोग गरीरहेको उनी बताउछन।

त्यसका आलवा विश्वराजनीतिका किताब अध्ययन गर्ने उपयुक्त समय पनि यहिँ बनेको छ। नेपाली राजनीति र त्यसले भोगेका चरणहरु बारे पनि अध्यन गर्दै छन् अहिले पनि अलपत्र नागरिक बाट फोन बजिरहेको छ तर फोन उठाउन अप्ठ्यारो भएकाले परिबारले उठाउछिन उनले भने ।

"तन घरको बन्द कोठामा भएपनि मन भने जनताको घरदैलोमा छ"। “जनताको सेवामा दिनरात नभनि खटिँदै गर्दा मेरो पनि कोरोना पोजेटिभ आयो,बिचल्लीमा परेका नागरिकहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुुस्टि मिलेको बताउँदै मेरो सम्पर्कमा रहनुभएका व्यक्तिहरु सुरक्षित होम आइसोलेसनमा बस्नुहोला,म छिट्टै कोरोनालाई जितेर फेरी जनताको सेवामा खटिनेछु”, उनले बताए । 
ज्यालामजदुरको समस्यामा ,देशको अर्थतन्त्रको भविश्यमा बढी उनी चिन्तित छन्।‘तर मानिसको जीवन जोगाउन गरिएको लकडाउनले केही समस्या देखिए पनि हामीले चित्त दुखाउनु हुँदैन’ उनको बुझाई छ ।दैनिक तालिका बनाएर उनले यो पिडाको समय व्यतित गर्ने गरेको उनी बताउछन। बिहानै सबेरै व्यायाम गर्छु, त्यसपछि सबै दैनिक अनलाइन समाचार पढ्छु, टीभी हेर्छु,अनि दिउसो साथीहरुसँग ग्रुपिङ च्याट गर्छु ’उनले आफ्नो थप दिनचर्या बारे सुनाए ।

गतबर्ष देखि नै लकडाउनका कारण यातायातको सुबिधा बाट अलपत्र परेका जिल्लावासीलाइ प्युठान भित्र्याउन र जिल्लाका बिभिन्न क्वारेन्टाइनमा आरामदायीका साथ पुर्याउनको लागि आफु संग रहेको निजि गाडी नि:शुल्क जनताको सेवामा प्रयोगमा ल्याएका थिए ,लकडाउनमा मात्र हैन जिल्लावासी जनताहरुलाई आवश्यक परेको खण्डमा र यातायातको कारण बीच बाटोमै सुत्ने अवस्था आएमा जुनसुकै समयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता समेत गरेका छन्।

सहयोगी मनका धनि नेता पोख्रेलले गत बर्षमा पनि लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरहरु र अति बिपन्न घरपरिवारमा निभेको चुलोलाइ आफु सक्दो आर्थिक सहयोग गर्दै खाध्यान्न समेत उपलब्ध गराएर चुलो बालिदिने र गरिबहरुको भोको पेट भरिदिने सहरानिय कार्य गरेका थिए र अहिलेको समयमा पनि उनले सोहि कार्य गर्दै आइरहेका थिए।
नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका पोखरेलले यस्तै अलपत्र परेका जोसुकै नागरिकहरुको पनि आफूले उद्दार गर्ने बताएका छन।आफू संक्रमित भए पनी समस्यामा परेकाहरुले आफूलाई खवर गर्न समेत उनको आग्रह छ।