बिभिन्न कारणले गर्दा खेती गर्न छोडेपछि उब्जनि योग्य करिब ३ सय रोपनी जमिन बाँझो बनेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन लक डाउनले गर्दा अन्य व्यवसाय बन्द भएपछि ग्रामीण भेगमा रहेका बाँझो जमिनलाई सदुपयोग गर्दै कागती खेती गर्न थालेका हुन् ।
बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केहि युवाहरुले रोजगार पाउदा खुसी भएका छन् । बाझिएको जमिनमा कागती खेती गर्न योग्य रहेकाले यस वर्षबाटसुरु गरेको कृषकहरु बताउछन् ।
बजारमा कागतिको माग धेरै भएकोले कृषकहरुका लागि यो अवसर भएको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बियजय मरासिनीले बताए । नगरपालिकाले ४४० रोपनी अर्थात २२ हेक्टर बाजो जमिनमा कागती खेती गर्ने तयारी गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ भत्तिराम मरासिनीले बताए । नगरपालिकाले प्रती २० रोपनी जग्गामा ४ सय बोट कागती लगाउने किसानलाइ पहिलो बर्ष रु ९६ हजार जति खर्च हुनेमा ७२ हजार अनुदान दिने भएको छ । ४ सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न रु ४० हजार का दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए । नगरपालिकाका कागती खेतिको लागि आवश्यक जग्गा, खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।
नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार ४ सय ४० रोपनि जग्गामा प्रती रोपनी २० बिरुवाको दरले ८८सय कागती रोप्ने तयारी भएको बताए । कागतिको लागि खाडल १ मिटर गहिराई र १ मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्ने गरि काम भएको पन्थीले बताए ।
प्रतिक्रिया राख्नुहोस्