राम बहादुर बिश्वकर्मा
देशभर सम्मानित एसपी भण्डारी जसले समुदायमा विश्वास र सुरक्षाको अनुभूति जगाउँछन्।
प्युठान,प्युठानको हरियाली गाउँमा जन्मेका धर्मराज भण्डारी आज देशको शान्ति र सुरक्षा क्षेत्रमा सम्मानित प्रहरी निरीक्षकको रूपमा परिचित छन्। उनी आफ्नो पेशागत जीवनमा शान्ति सुरक्षा र अनुसन्धानमा उल्लेखनीय योगदान दिइरहेका छन्।
भर्खरै डिएसपीबाट एसपीमा पदोन्नति भएका भण्डारीलाई रोजगार र स्वरोजगारीको सिलसिलामा काठमाडौँ बस्दै आएका प्युठानिहरूले बधाई तथा सम्मान गरेका छन्।प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना पाखाचितिमा जन्मिएका भण्डारीको पदोन्नति र शान्ति सुरक्षा तथा अनुसन्धानमा देखाएको योगदानको उत्सवमा उनलाई सम्मान दिइएको हो।
भण्डारीले देशभरका ठूला काण्डहरूको अनुसन्धानमा सक्रिय भूमिका निभाएका छन्। जटिल केसमा धैर्यता, सूक्ष्म दृष्टिकोण र निष्पक्ष निर्णय देखाउने उनको क्षमता सहकर्मी र वरिष्ठ अधिकारीहरूमा उच्च सम्मानको विषय बनेको छ।
एक सहकर्मी भन्छन्,“धर्मराज जस्तो इमान्दार, कर्तव्यनिष्ठ र लगनशील प्रहरी कमै पाइन्छ। कठिन परिस्थितिमा पनि उहाँको निर्णयले केसलाई समाधानको मार्गमा पुर्याउँछ।”
कार्यक्रममा उपस्थित स्थानीयले भने,“हामीले धर्मराज जस्तो प्रहरी पाउँदा सुरक्षित महसुस गर्छौं। उहाँको समर्पण र नेतृत्वले हाम्रो मनमा विश्वास जगाएको छ।”
भण्डारी आफैंले भने,“मेरो जीवनको उद्देश्य पद वा सम्मान होइन। मेरो लक्ष्य भनेको समुदाय र देशलाई सुरक्षित राख्नु हो। यही मेरो सबैभन्दा ठूलो उपलब्धि हो।”स्थानीय समुदायमा पनि भण्डारीको योगदानको चर्चा व्यापक छ। उनी केवल प्रहरी मात्र नभई युवाहरूका लागि प्रेरक व्यक्तित्व पनि हुन्।अनुशासन,कर्तव्यनिष्ठा र इमान्दारीका मूल्य उनले नयाँ पुस्तामा फैलाउने प्रयास गर्दै आएका छन्। उनका कथाहरूले नयाँ पुस्ताका प्रहरी तथा युवाहरूमाझ उत्साह र आशा जगाएका छन्।
प्रतिक्रिया राख्नुहोस्