राम बहादुर बिश्वकर्मा
प्युठान,बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था प्युठानका ब्यबस्थापक प्रकाश वैद्य उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट सम्मानित भएका छन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी अभियानमा उच्च योगदान पुऱ्याए बापत नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को गत शनिबार सम्पन्न ३८औं स्थापना दिवसको अवसरमा ब्यबस्थापक वैद्यलाई नेफ्स्कुनले लुम्बिनी प्रदेशबाट उत्कृष्ट ब्यबस्थापकको रुपमा नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
तस्बिर : यी हुन बिजय फुलबारीलाई देशकै नमुना सहकारी बनाएका ब्यबस्थापक वैद्य
सम्मानले आफूलाई थप जिम्मेवारी बढाएको व्यवस्थापक वैद्यले बताए।
२०५५ सालबाट सञ्चालनमा आएको सो सहकारी संस्थामा बैद्द २०६३ सालबाट कार्यरत छन्।
सहकारी क्षेत्रमा करिब २० वर्षको अनुभव भएका उनी यसअघी आफू कार्यरत सस्था बिजय फुलबारी बाट उत्कृष्ट कर्मचारी पुरुस्कार,जिल्ला सहकारी संघ प्युठान,जिल्ला बचत संघ प्युठानबाट उत्कृष्ट ब्यबस्थापकको रुपमा पुरस्कृत भएका उनी सहकारी प्रशिक्षकका रुपमा समेत परिचित छन् ।
सस्थालाई राष्ट्रिय स्तरको प्रोबेसन ब्रान्ड प्राप्त गराउन सफल बनाएको उनले नियामक निकायबाट प्राप्त सुझाव तथा निर्देशनको पालना गर्दै दक्ष तथा इमान्दार संचालक र कर्मचारीहरुबाट संस्था संचालन भएमा सफल हुने बताउछन।
संस्थाका सञ्चालक समितिले गरेका प्रस्तावहरु र गर्ने निर्णयहरु कानुन,नीति र कार्यविधिसँग मिलेका र त्यसले सदस्यको जिवनस्तरमा के प्रभाव पार्छ भन्ने विषयको तर्कसंगत उत्तर दिई गलत निर्णय हुनबाट जोगाउने र नीतिसंगत भएका निर्णयलाई शतप्रतिशत कार्यान्वयन गर्ने क्षमता व्यवस्थापक सँग भएमा सफल हुन सकिने वैद्यको अनुभव छ ।
जोखिमहरुको पहिचान गरी विश्लेषण तथा व्यवस्थापन गर्दै सदस्यलाई प्राथमिकतामा राख्न सकेमा,ऐन नियम,संस्थाको नीति,उद्देश्य र कार्यविधिको आधारमा सदस्यहरुमाझ ईमान्दार भई काम गर्दा सहकारी संस्था सफल हुने ब्यवस्थापक वैद्यको भनाइ छ ।
सेयर सदस्यलाई हाल २९ करोड रुपैयाँ कूल सम्पत्ति रहेको संस्थाको नेतृत्व गरिरहेका उनी मातहत १६ जना कर्मचारी छन्।
२ करोड २५ लाख सेयर पुँजी रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाको जगेडा कोषमा २ करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षसम्म २३ करोड २५ लाख बचत संकलन गरी १९ करोड ऋण लगानी गरेको छ । ५ हजार ८ सय जना सदस्य रहेको संस्थाले १ हजार ९ सय जना सदस्यलाई लगानी गरेको छ।
आकर्षक बचत शिर्षक र आकर्षक कर्जा लागानी गर्दै आएको बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले आफ्ना सदस्यहरुको सन्तान जन्मिएमा सुत्केरी भेटघाट तथा नवशिशु बचत कार्यक्र,सुत्केरीलाई घरमै पुगेर भेटघाट गरी एक क्यारेट अन्डा र नगद प्रदान प्रत्येक सदस्यहरुको १ लाखसम्मको दुर्घटना बिमाको कार्यक्रम,सदस्यको मृत्यु भएको अवस्थामा २५ हजार नगद प्रदान, एकाघर परिवारको सदस्यको मृत्यु भएमा ५ हजार प्रदान गर्दै आएको सस्थाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्